Logo २०८२ फाल्गुन २१ बिहिबार
नागरिक समूहको अध्यक्षमा जयराम सिग्देल

नागरिक समूहको अध्यक्षमा जयराम सिग्देल


Epress Khabar प्रकाशित मिति : सोमबार, साउन १८ २०७८
995
SHARES

काठमाडौं, साउन ९ । नागरिक समूहको नवौं साधारण सभाबाट जयराम सिग्देल अध्यक्षमा निर्वाचित भएका छन् । सुशासन, राष्ट्रिय सम्वृद्धि र भ्रष्टाचारमुक्त समाज निर्माणको लागि शान्तिपूर्ण तरिकाबाट सरकार र राजनैतिक दलहरुलाई खबरदारी तथा दवाब दिने उद्देश्यसहित स्थापना भएको नागरिक समूहले सुशासनका पक्षमा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

सामाजिक अभियन्ता एवं यूवा वक्ता निगम हुमागाईं संस्थापक अध्यक्ष रहेको नागरिक समूह २०७० सालमा स्थापना भई देश र समग्र देशको विकासमा योगदान दिने राष्ट्रिय व्यक्तित्वहरुलाई सम्मान गर्ने, राम्रा र विकासका पक्षमा भएका कामहरुको वकालत गर्ने र गलत प्रवृत्तिका विरुद्ध खरो खबरदारी गर्ने संस्थाकौ रुपमा क्रियाशील छ ।

नागरिक समूहले राजनैतिक दलका नेताहरुको शैक्षिक योग्यता, समानुपातिक र समावेशी कोटामा प्रत्यक्ष चुनाव हुनुपर्ने, कुशल राष्ट्रिय सुरक्षा नीति तथा परराष्ट्र नीति, उच्च ओहदा र राजनैतिक दलका नेताहरुको सम्पत्ती छानवीन तथा भ्रष्टाचारी ठहर भएकाहरुको सम्पत्तीलाई राष्ट्रियकरण गर्ने जस्ता मुद्दाहरुमा निरन्तर आवाज उठाउँदै विभिन्न कार्यक्रमहरुसमेत स्वदेश तथा विदेशमा गर्दै आईरहेकै छ ।

नवनिर्वाचित अध्यक्ष सिग्देलले नागरिक समूहले आम नागरिकको आवाजको प्रतिनिधित्व गर्दै सरकार तथा राजनैतिक नेतृत्वलाई खबरदारी गर्दै आएको तथा आगामी दिनमा सरकारका राम्रा कामलाई साथ दिँदै उद्योग, कलकारखाना, कृषि, पर्यटन, जलस्रोत, जडिबुटीका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुसँग समन्वय गरि दिगो आर्थिक विकासका पक्षमा पनि आवाज उठाउने सहकार्य गर्ने बताए ।

समूहका संस्थापक अध्यक्ष निगम हुमागाईंले आफुले करिब नौ वर्षको कार्यकाल पूरा गरेको तथा सक्षम नेतृत्वलाई जिम्मेवारी सुम्पिन पाएकोमा र नेतृत्व हस्तान्तरण आफुहरुले नै सुरु गर्नुपर्ने बताउँदै समूहको गरिमा नयाँ समितिले अझै फराकिलो बनाउनेमा आफु विश्वस्त रहेको बताए ।
नवौं साधारण सभाले सिग्देलको अध्यक्षतामा १७ केन्द्रीय कार्यसमिति निर्वाचित गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा बाबुराम आचार्य, महासचिव कृष्ण प्रसाद पौड्याल, सचिव रविन कटवाल, कोषाध्यक्ष मधुसुधन पाठक निर्वाचित भएका छन् भने केन्द्रीय सदस्यहरुमा बलराम श्रेष्ठ, पुरुषोत्तम हुमागाईं, सुशिल सिग्देल, नेत्र विष्ट, दीपक शिवभक्ती, अर्जुन घिमिरे, अर्जुन भूषाल, अनिता पन्त, छत्र बहादुर बस्नेत, राजन नेपाल, प्रकाश दर्जी निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend