Logo २०८२ फाल्गुन १९ मंगलबार
उत्तराखण्डका पवनदीप बने इण्डियन आइडल सिजन १२ को विजेता

उत्तराखण्डका पवनदीप बने इण्डियन आइडल सिजन १२ को विजेता


Epress Khabar प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
582
SHARES

एजेन्सी। उत्तराखण्डका पवनदीप राजन इण्डियन आइडल सिजन १२ को विजेता बनेका छन् । गायनमा अलराउण्डर पवनदीपले अन्य ५ प्रतिस्पर्धीलाई उछिन्दै इण्डियन आइडलको टाइटल जितेका हुन् ।

पवनदीपले सन् २०१५ मा टिभी शो द वाइस पनि जितेका थिए । पवनदीपले एकातिर इण्डियन आइडलमा आफ्नो गायनले सबैलाई प्रभावित पारे भने अर्कोतिर पश्चिम बंगालबाट प्रतिनिधित्व गर्ने प्रतिस्पर्धी अरुणिता कांजीवालसँगको अफेयरलाई लिएर चर्चामा रहे ।

सिजनको १२ को विजेता पवनदीपले ट्रफीसहित, २५ लाख पुरस्कार र मारुती सुजुकीको ब्राण्ड न्यु कार प्राप्त गरे ।

सारेगामापा बांगला रियालिटी शोकी विजेता पश्चिम बंगालकी अरुणिता फस्ट रनरअप बनिन् । मुम्बईकी सायली कांबले सेकेण्ड रनरअप बनिन् ।

उत्तर प्रदेशको मुजफ्फरनरगका मोहम्मद दानिश चौथो स्थानमा, कर्नाटककी निहाल तौरो पाँचौ स्थानमा र विशाखापट्टनमकी शनमुखा प्रियाले छैठौं स्थान हासिल गरिन् ।

ग्राण्ड फिनाले समारोहमा शोका जज सोनू कक्कड, अनु मलिक र हिमेश रेशमिया सहित आमन्त्रित अतिथि उदितनारायण, अल्का याङ्निक, कुमार सानू लगायतले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend