Logo २०८२ फाल्गुन १९ मंगलबार
सोलुखुम्बुमा टाइफाइडको विरामी बढे, अस्पतालमा बेडको अभाव

सोलुखुम्बुमा टाइफाइडको विरामी बढे, अस्पतालमा बेडको अभाव


Epress Khabar प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
932
SHARES

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा टाइफाइडका विरामीको संख्या बढेको छ । पछिल्लो एक सातायता गाउँपालिकामा टाइफाइडका विरामीको संख्या ह्वातै बढेको महाकुलुङ प्राथामिक अस्पतालले जनाएको छ ।

पछिल्लो समय अस्पताल आउने अधिकांश विरामी टाइफाइडको रहेको मेडिकल अधिकृत सञ्जय खत्रीले जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म टाइफाइडका विरामी आउने गरेका छन् । जसमध्ये ६ जनाको भर्ना गरी उपचार भइरहेको अस्पतालले जनाएको छ ।

वर्षातको समयमा पिउने पानी प्रदूषित हुँदा टाइफाइड फैलिएको हुनसक्ने चिकित्सकहरुको अनुमान छ । विरामीको संख्यामा वृद्धि भएसँगै बेडको अभाव हुन थालेको अस्पतालले जनाएको छ ।

१५ शैय्याको उक्त अस्पतालमा १ जना डाक्टर, ४ जना अहेब, २ जना स्टाफ नर्स, ३ जना अनमी र ३ जना कार्यालय सहयोगी कार्यरत छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend