Logo २०८२ फाल्गुन १९ मंगलबार
आमिरको डायलग याद गर्ने मन्त्रको सर्वत्र चर्चा

आमिरको डायलग याद गर्ने मन्त्रको सर्वत्र चर्चा


Epress Khabar प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
498
SHARES

एजेन्सी । बलिउडमा आमिर खानलाई मिस्टर पर्फेक्टनिस्ट पनि भनिन्छ । किनकी उनले अधिकाँश काम पर्फेक्ट नै गर्ने गरेका छन् । यद्यपि उनले गएको एक दशकमा केवल तीन फिल्ममा आफूलाई सफल बनाउन सकेनन् ।

ति हुन्, धोबिघाट, तलास र ठग्स अफ हिन्दोस्तान । फिल्म फ्लप भएता पनि दर्शकले उनले क्यारेक्टरमा गरेको मेहनतको प्रशंसा नै गरेका थिए । उनले क्यारेक्टरलाई जिउने गरेको प्रतिक्रिया दर्शक तथा समीक्षकले दिने गरेका छन् । तर, आमिरले यी सब कसरी गर्छन् त ? उनले आफूले डायलग याद गर्ने तरिका सार्वजनिक गरेका छन् ।

एक अन्तर्वार्ताको क्रममा उनले यसको रहस्य खोल्दै फिल्मको स्क्रिप्ट लिएर त्यसलाई आफैंले अर्को पानामा सार्ने गरेको बताएका छन् । ‘आफ्नो हातले यसरी स्क्रिनप्ले सार्दा डायलगसँगै सिन पनि याद हुन्छ,’ आमिरले अन्तवार्तामा भने । आफूले यस्तो गर्न लागेको धेरै वर्ष भइसकेको जनाउँदै उनले यस्तो तरिकाले पात्रलाई कथासँग जोड्न मद्दत गर्ने बताए ।

पछिल्लो समय आमिर ‘लाल सिंह चड्डा’ को काममा व्यस्त छन् । टम ह्यांक्स अभिनित सफल फिल्म ‘फरेस्ट गम्प’ को रिमेकमार्फत आमिर पुनः एकपटक आफूलाई ‘पर्फेक्ट’ सावित गर्ने तयारीमा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend