Logo २०८२ फाल्गुन २१ बिहिबार
अझै तीन दिन मनसुन सक्रिय हुने

अझै तीन दिन मनसुन सक्रिय हुने


Epress Khabar प्रकाशित मिति : सोमबार, साउन ३२ २०७८
659
SHARES

अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताउनुभयो ।

“आगामी तीन दिन प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ”, उहाँले भन्नुभयो । यस अवधिमा दिउँसो भन्दा रातको समय वर्षा लामो समय हुने बताइएको छ । विभागले प्रदेश नं १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्र्यान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्््न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नं. दुई, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको औँल्याइएको छ । दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाको साथै प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्ननसहित भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend