Logo २०८२ फाल्गुन १९ मंगलबार
जसपा केन्द्रीय समिति बैठक सुरु, महन्थ पक्ष अनुपस्थित

जसपा केन्द्रीय समिति बैठक सुरु, महन्थ पक्ष अनुपस्थित


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र १ २०७८
1.1K
SHARES

काठमाडौं, १ भदौ । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समितिको प्रथम बैठक काठमाडौंमा सुरु भएको छ ।

भोलिसम्म चल्ने बैठकमा पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानको अभिमुखीकरण र शुभारम्भ गर्ने संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले जानकारी दिए ।

उनका अनुसार बैठकले समसामयिक राजनीतिवारे छलफल र निर्णय गर्ने भएको छ । जसपाले भदौ १ गतेदेखि मंसिर मसान्तसम्म पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियान चलाउने निर्णय गरेको छ ।

आजको बैठकमा महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष भने अनुपस्थित छ । ठाकुर, महतोलगायतका नेता मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend