Logo २०८२ फाल्गुन १९ मंगलबार
बस्ती पस्यो जिता नदी, दुई सय घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

बस्ती पस्यो जिता नदी, दुई सय घर डुबानमा, सयौं बिघा धानबाली नष्ट


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
512
SHARES

सप्तरी, २ भदौ- जिल्लाको जिता नदी तटबन्ध भत्काएर बस्तीमा पस्दा दुई सय घर डुबानमा परेका छन् । जिता नदीको पश्चिम तटबन्धन भत्किएपछि तिलाठीको वडा नम्बर ७ मंसापुर, वडा नम्बर ४ का तिलाठी, वडा नम्बर ५ का वर्साईन र कुसाहाका दुई सय घर डुबानमा परेको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहले जानकारी दिए ।

सिंहकाअनुसार बाढीबाट दलित बस्ती राम, सदा र खंग बढी प्रभावित भएको छ । बाढीले सयौं बिघामा लगाइएको धानबाली बगाएको छ । क्षतिको विवरण आउने क्रम जारी छ । तत्काल राहत सामाग्री उपलब्ध गराउने तयारी भइरहेको अध्यक्ष सिंहले बताए ।

तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन संघका प्रमुख राजेश झाका अनुसार फुसको छाना भएको ६ वटा घर भत्किएको छ ।

‘कति गरौं, बाढीको कुरा । कहिले जिता खोला भत्किएर त कहिले कहाँबाट बाढी पस्छ । यो ज्यानमारा बाढीले हामीलाई ढुक्क भएर बाँच्न दिँदैन,’ स्थानीय ३९ वर्षीया सुनिता सरदारले भनिन् । खाना पकाउँदै गर्दा जिता नदीको बाढी एक्कासी बस्तीमा पसेपछि छोराछोरीसहित परिवारै भोकै बसेको उनले सुनाइन् ।

उनले थपिन्, ´दुःख गरेर वर्ष दिन खान पुग्नेगरी लगाएको धानबालीसमेत बाढीले बगाएर लगेपछि मर्नु न बाँच्नु भएको छ । अहिले बाढीभन्दा पनि वर्षभरी के खाने चिन्ताले सताएको छ ।’

स्थानीय महेन्द्र ठाकुरले भने, ‘लगातारको बर्षाले एक्कासी तटबन्ध भत्किएर थाहै नपाई बस्तीमा बाढी बसेपछि पाकेको, पकाउँदै गरेको खाना कसैले खान पाएन । अन्नपातसमेत जोगाउन सकिएन । घरघरमा तीन, चार फिट पानी पसेको छ । ट्वाइलेट, ट्युबवेलसमेत डुबेको छ । पानी खान, दिसापिसाब गर्नसमेत समस्या छ ।’

सोही ठाउँकी ३४ वर्षिया बवितादेवी सरदारको चिन्ता डुबानमा बालबच्चा र सामान जोगाउने चिन्ता छ । आफ्नो खाद्यान्न सामग्रीसमेत भिजेर काम नलाग्ने भएको उनको भनाई छ ।

तिलाठी कोइलाडी गाउँपालिकामा स्थानीयले प्रत्येक बर्ष बाढीबाट प्रभावित भएर ठूलो क्षति ब्यहोर्दै आएका छन् । स्थानीय रुपा झा दीर्घकालीन पूर्वतयारी आवश्यक भएको बताउँछिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend