Logo २०८२ फाल्गुन २१ बिहिबार
जसपा विभाजित, महन्थ ठाकुरले खोले नयाँ पार्टी

जसपा विभाजित, महन्थ ठाकुरले खोले नयाँ पार्टी


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र २ २०७८
575
SHARES

काठमाडौं, २ भदौ – राजनीति दल सम्बन्धी अध्यादेश २०७८ जारी भएलगत्तै महन्थ ठाकुर र राजेन्द्र महतोले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

उनीहरुले नयाँ पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’ राखेका छन् । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश २०७८ जारी गरेलगत्तै उनीहरुले नयाँ दल दर्ता गर्न निवेदनक दिएका हुन् ।

महन्थ ठाकुरकै अध्यक्षतामा २३ सदस्यीय कार्यकारिणी समिति रहेको र चुनाव चिन्ह साइकल माग गरिएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश जारी गर्ने निर्णय गर्दै प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष बुझाएको थियो । उक्त अध्यादेशलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार प्रमाणीकरण गर्दै जारी गरेकी हुन् ।

उक्त अध्यादेशमा केन्द्रीय कमिटी वा संसदीय दलको २० प्रतिशत सदस्यको समर्थनमा नयाँ राजनीतिक दल खोल्न सकिने व्यवस्था गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend