Logo २०८२ फाल्गुन २१ बिहिबार
निर्वतमानमन्त्री आलेद्वारा सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि सहयोग

निर्वतमानमन्त्री आलेद्वारा सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि सहयोग


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
848
SHARES

निर्वतमानमन्त्री प्रेमबहादुर आलेले विभिन्न बिरामीले काठमाडौँका अस्पतालमा भर्ना भई उपचार गराइरहेका सुदूरपश्चिमका तीन बिरामीलाई उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नुभएको छ ।

कीर्तिपुर अस्पताल काठमाडौँमा उपचार गराइरहनुभएका डोटीको शिखर नगरपालिका–१ कपल्लेकीका महेश्वरप्रसाद जोशीलाई उपचारका लागि रु २० हजार, सोही नगरपालिका–३ अतुराली बस्ने करेन्ट लागेर गम्भीर घाइते भई धुलिखेल अस्पताल काभ्रेमा उपचार गराइरहेका १० वर्षीय राजेन्द्रबहादुर बोगटीलाई रु २५ हजार र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ बस्ने आगोले जलेर घाइते भएकी मनिषा भण्डारीलाई रु १० हजार उहाँले सहयोग गर्नुभएको छ ।

अस्पतालमा उपचार गराइरहेका पीडितको अर्थाभावमा उपचारमा समस्या भएको जानकारी पाएपछि निर्वतमानमन्त्री आले आफैँ अस्पताल पुग्नु भई सहयोग गर्नुभएको उहाँका स्वकीयसचिव हेमन्त रेग्मीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend