Logo २०८२ फाल्गुन १९ मंगलबार
१३ दिनपछि भुपू गोर्खाहरुले ताेडे अनसन

१३ दिनपछि भुपू गोर्खाहरुले ताेडे अनसन


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
1.8K
SHARES

काठमाडौं । बेलायती प्रधानमन्त्री कार्यालयअघि आमरण अनसनमा बसेका भुपू गोर्खाहरुको अनसन तोडिएको छ । समानताको माग गर्दै १३ दिन देखि अनसन बसेका भूतपूर्व गोर्खा सैनिकहरुको मागबारे वार्ताका लागि दुई देशको टोली बनाउन बेलायत सरकार सहमत भएपछि आमरण अनसन स्थगित भएको हो।

टेन डाउनिङ स्ट्रिटमा ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ आमरण अनसन बसेका थिए । बेलायत सरकार र अनसन बसेका भूपु गोर्खा संघर्ष समितिबीच सहमति भएपछि अनसन तोडिएको हो । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख रोशन खनाल तथा बेलायत सरकारका रक्षामन्त्री लियो डोचर्टीको उपस्थितीमा जुस पिलाएर अनशन तोडाएका हुन् ।

त्यसअघि बेलायती रक्षामन्त्रीको प्रतिवद्धता पत्र पढेर सुनाइएको थियो, जसमा भूपू गोर्खाहरुको समस्या समाधानका लागि नेपाल र बेलायतको द्वीपक्षीय वार्ता टोली बनाउने, जसमा भूपू गोर्खाहरुको पनि प्रतिनिधि रहने उल्लेख छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend