Logo २०८२ फाल्गुन १९ मंगलबार
के भएको हो किमलाई ?

के भएको हो किमलाई ?


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
708
SHARES

एजेन्सी- उत्तर कोरियाली नेता किम जोङ उनको टाउको पछाडिको ‘बेन्डेजले ढाकेको घाउ’ लाई लिएर अहिले उनको स्वास्थ्यबारे विभिन्न अडकलबाजी हुन थालेका छन् ।

जुलाईको अन्त्यमा सेनाको एउटा कार्यक्रममा सहभागी हुने क्रममा उनको गर्दनमाथि टेप टाँसेको घाउ देखिएको थियो । यसै वर्षको सुरुमा हवात्तै तौल घटेका ३७ वर्षीय किमको स्वास्थ्य बारेमा विभिन्न अनुमान हुँदै आएका छन् ।

किम अस्वभाविक रुपमा दुब्लाएको र यसले सर्वसाधरणलाई दुःखी बनाएको यसै वर्षको जुनमा केही कोरियाली सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । तर, उनको टाउकोमा जुलाई ११ पछि मात्र दाग देखिएको बताइएको छ । सो दिन संगीतकर्मीको एउटा समूहसँग भेट गरेको एनके डेलीले जनाएको छ । तर, त्यो दाग चोटका कारण हो वा उपचारका क्रममा देखिएको घाउ हो भन्ने बारेमा उत्तर कोरियाली नागरिक अन्योलमा छन् ।

किम आफ्नो शरीरमा अनौठा दागसहित सार्वजनिक कार्यक्रममा देखिएको यो नै पहिलो घटना भने होइन । गत वर्षको मे महिनामा उनको एउटा नाडीमा कालो धब्बा देखिएको थियो । मुटुको शल्यक्रिया गर्ने क्रममा उनको नाडीमा सुई राखिएको हुनसक्ने स्वास्थ्य विज्ञहरुले अनुमान गरेका थिए । त्यस बारेमा उत्तर कोरियाली सञ्चार माध्यमले अहिलेसम्म वास्तविक तथ्य सार्वजनिक गरेका छैनन् ।

किमको स्वास्थ्यलाई लिएर अन्तर्राष्ट्रिय तहमा नै बारम्बार चासो बढ्ने गरेको छ । त्यस्तै उनको उत्तराधिकारीबारे पनि विश्व समुदायले चासो दिने गरेको पाइन्छ ।

किमका बाबु किम जोङ इल र हजुरबुवा किम इल सोङ दुबै जना मोटा तथा चेन स्मोकर थिए । दुबैको मृत्यु ह्दयघातका कारण भएको थियो । तर, प्योङयाङको सरकारी सञ्चारमाध्यम केसीएनए न्यूज एजेन्सीले हालै सार्वजनिक गरेको एउटा तस्बिरमा किम पहिले भन्दा तुलनात्मक रुपमा दुब्ला देखिन्छन् । ५ फिट ८ इन्च अग्ला किमको ३ सय ८ पाउन्ड तौल पुगेको थियो । अहिले उनले २२ देखि ४४ पाउन्ड तौल घटनाएको अनुमान गरिएको छ ।

किमको व्यक्तिगत जीवनबारे समाचार बनाउन उत्तर कोरियाली सञ्चारमाध्यमाथि प्रतिबन्ध छ । उनका हालसम्म कति सन्तान भए भन्ने बारेमा समेत प्योङयाङले गोप्य राखेको छ ।

हालै, केसीटिभीले राजाधानीका केही अज्ञात बासिन्दाको भिडियो प्रसारण गरेको थियो, जहाँ गत महिना किमको पछिल्लो अवस्थाबारे प्रायः सबै मानिस दुःखी देखिन्छन् । ‘हाम्रा नेता दुब्ला देखिनुहुँदा हामीलाई साह्रै पीडा भइरहेको छ,’ भिडियोमा एक जनाले भनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend