Logo २०८२ फाल्गुन १९ मंगलबार
सभामुख सापकोटाले एमाले सांसदलाई कुराए, आफू गएनन्

सभामुख सापकोटाले एमाले सांसदलाई कुराए, आफू गएनन्


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
547
SHARES

काठमाडौं, ४ भदौ -आफ्ना १४ जना सांसदहरुलाई पदमुक्त गर्न दबाब दिन एमालेका सांसदहरु कार्यकक्षमा कुरेर बसेको थाहा पाएपछि सभामुख अग्निप्रसाद सापकोटा कार्यालय नै गएनन् ।

माधवकुमार नेपालले प्रस्तावित गरेको एमाले समाजवादीमा समावेश भएका नेता नेपालसहित १४ जना सांसदलाई पदमुक्त गर्न एमालेले संसद सचिवालयलमा पत्र बुझाएको छ । तर, सभामुख सापकोटाले उनीहरुलाई पदमुक्त नगरेपछि दबाब दिन एमालेका नेताहरु शुक्रबार कार्यालय समय सुरू हुनासाथ सभामुखको कार्यकक्षमा पुगेका थिए ।

यसबारे जानकारी पाएपछि सभामुख सापकोटा शुक्रबार कार्यालय नै गएका छैनन् । लामो समय कुरेर बस्दा पनि नआएपछि एमाले सचेतक शान्ता चौधरीले सभाुख सापकोटालाई फोन गरिन् । तर, सभामुख सापकोटाले आज आफू कार्यालय नआउने जानकारी गराएपछि एमाले नेताहरु सचिवालयबाट फर्किएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend