Logo २०८२ फाल्गुन १९ मंगलबार
अपराधमा सहयोगी बन्दै भारतीय सवारी साधन, ६२ वटा प्रहरी नियन्त्रणमा

अपराधमा सहयोगी बन्दै भारतीय सवारी साधन, ६२ वटा प्रहरी नियन्त्रणमा


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ४ २०७८
1.3K
SHARES

कपिलवस्तु, ४ भदौ – सीमा क्षेत्रमा हुने अपराधमा भारतीय मोटरसाइकलको प्रयोग निरुत्साहीत गर्न जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अभिलेखीकरण गर्ने कार्य सुरु गरेको छ । हत्यादेखि, चोरी तस्करी, लागु औषध कारोबारमा अत्यधिक प्रयोग हुन लागेपछि प्रहरीले अभिलेखीकरण गर्ने कार्य सुरु गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् ।

अभिलेखीकरण नहुँदा अपराधमा प्रयोग भएका भारतीय सवारीसाधन प्रयोगकर्ता पहिचान गर्न असहज भएपछि प्रहरीले नयाँ जुक्ति निकालेको हो । भारतीय सीमा आसपास र राजमार्गदेखि दक्षिणतर्फका बस्तीमा भन्सार गरेका र नगरेका भारतीय मोटरसाइकल, जिप तथा कार नेपालीले प्रयोग गर्दै आएका छन् । विवाहमा दाइजो स्वरुप र भारतमा मूल्य सस्तो पर्ने हुँदा भारतीय आफन्तको नामबाट खरिद गरेर प्रयोग गर्ने गरेका छन् । चोरी भएका नेपाली मोटरसाइकलमा भारतीय नम्बर राखेर अपराधिक कृयाकलापमा संलग्न भएकोसमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीकाअनुसार कागजात भएका मोटरसाइकल नियन्त्रण राखेर अन्य मोटरसाइकलको कागजात प्रमाणीकरण गरी अभिलेखीकरण गरिएको बताउँछन् ।

नियमसंगत रहेका सवारी साधनको विवरण राखेपछि प्रयोगकर्तालाई सचेत गराई हस्तान्तरण गरिएको छ । अभिलेखीकरण गर्दा भारतीय सवारी धनीको विवरण, नेपालमा प्रयोग गर्नेको विवरण, सम्पर्क नम्बर, वतनसहितको तथ्यांक राखिएको छ । अभिलेखीकरण भएका भारतीय सवारी साधन अपराधमा प्रयोग भएमा नेपाली प्रयोगकर्ता पहिचान भई अनुसन्धानमा सहज हुने भण्डारी भन्छन् ।

गत साउनबाट सुरु भएको अभियानमा हालसम्म ६२ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ । ती मध्ये ४९ सवारी साधनको अभिलेखिकरण गरिएको छ । १३ मोटरसाइकल कागजात नभएका कारणले अनुसन्धानमा राखिएको बताइएको छ । कपिलवस्तु प्रहरीले साउन महिनामा भारतीय सवारी साधन प्रयोग गरी अवैध हतियारसहित एक जना र लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीकाअनुसार अधिकांश गोली प्रहार गरी हत्याको घटनामा भारतीय मोटरसाइकल प्रयोग हुने गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend