Logo २०८२ फाल्गुन २१ बिहिबार
भारतको मोतिहारीमा गोलीहानी एक नेपालीको हत्या

भारतको मोतिहारीमा गोलीहानी एक नेपालीको हत्या


Epress Khabar प्रकाशित मिति : शनिबार, भाद्र ५ २०७८
414
SHARES

रौतहट, ५ भदौ – एक नेपालीको भारतमा गोली हानी हत्या भएको छ । रौतहटको परोहा नगरपालिका बसन्तपट्टी टोल घर भएका अन्दाजी ४५ वर्षीय बिर्वासनी भनिने बिन्दवासिनी सहनीको हत्या भएको हो । उनको भारतको मोतिहारीमा गोलीहानी हत्या भएको तस्बीर सार्वजनिक भएको छ ।

तत्कालीन बसन्तपट्टी गाविसका अध्यक्ष जोगिन्द्र सहनीका छोरा बिन्दवासिनीको शुक्रबार बिहान भारतको पूर्वी चम्पारण मोतिहारी जिल्लाको चम्पापुर बखरी नजिकै गोली हानी हत्या गरेको बताइएको छ । उनको शव सडक किनारमा धान खेतमा भेटिएको छ । उनलाई भारतीय नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेको बेला गोली हानेको बताइएको छ ।

सहनीको घाँटी, कन्चटमा गोली लागेको छ । उनको शवसँगै उनले प्रयोग गरेको मोटरसाइकल पनि भेटिएको छ । नेपालमा थुप्रै अपराधिक कृयाकलापमा संलग्न रहेका उनी भारतमै लुकेर बसेका थिए । नेपाल प्रहरीको खोजीको सूचीमा रहेका सहनी हत्या, अपहरण, फिरौतीलगायतका मुद्दाका आरोपी हुन् । द्वन्द्वकालमा नेपाल प्रहरीको सहयोगी (घुमुवा) बनेर माओवादी समर्थक तथा कार्यकर्तालाई दुख दिने, हत्या समेत गर्न लगाएको आरोप उनीमाथि माओवादीले लगाएको छ ।

सहनीलाई अदालतले २० वर्ष सजायसमेत सुनाएको बुझिएको छ । उनको हत्याबारे नोपल प्रहरीले केही बताएको छैन । सहनीको शव भारतबाट ल्याएको पारिवारीक श्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend