Logo २०८२ फाल्गुन २१ बिहिबार
दुईपटक म्याद थपिएको छानबिन समितिको प्रतिवेदन अनिश्चित, बेपता जयसिंह मात्रै होइन तुइन पनि भेटिएन

दुईपटक म्याद थपिएको छानबिन समितिको प्रतिवेदन अनिश्चित, बेपता जयसिंह मात्रै होइन तुइन पनि भेटिएन


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८
484
SHARES

काठमाडौं । दार्चुला व्याँस गाउँपालिका २ मालगाउँका ३ वर्षीय जयसिंह धामी नेपाल र भारतलाई जोड्ने मालघाटमा रहेको तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका थिए ।

भारत हुँदैं जिल्ला सदरमुकाम खलंगा जान तुइन तर्ने क्रममा पारीतर्फ रहेका एसएसबीले तुइन फुकालिएइदिएको स्थानीयले बताएका छन् ।

घटना भएको तीन साता बितिसकेको छ । तर, घटनाको पर्सिपल्ट सरकारले १७ साउनमा गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा गठन ष्रेको पाँच सदस्यीय छानबिन समितिले अझै प्रतिवेदन तयार गर्न सकेको छैन ।

पहिलोपल्ट म्याद थपेर दिइएको १७ दिनमा पनि प्रतिवेदन लयार नभएपछि दोस्रोपटक म्याद थप भएको छ । तर मंगलबार सरकारले अर्को एक साता म्याद थपेको छ । ‘प्रतिवेदनका विषयमा छलफल भइरहेको छ ।’ संयोजक गौतम भन्छन्, ‘जयसिंहकोे डेथबढी र तुइनसेमत फेला नपर्दा केही ढिलाइ भएको हो ।’ नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend