Logo २०८२ फाल्गुन २१ बिहिबार
बार्सिलोना बराबरीमा रोकियो

बार्सिलोना बराबरीमा रोकियो


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८
715
SHARES

एजेन्सी -क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो खेलमा बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा घरेलु टोली एथलेटिक बिल्वाओसँग १–१ को बराबरी खेल्दै बार्सिलोनाले अंक बाढेको हो ।

खेलमा दुबै गोल दोस्रो हाफमा सम्भव भएका थिए । घरेलु टोली बिल्वाओका इनिगो मार्टिनेजले खेलको ५० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले मुनियाइनको पास सदुपयोग गरेका थिए ।

यसै सिजन बार्सिलोना आएका मेम्फिस डिपाए गोल गर्दै टोलीलाई बराबरीमा ल्याए । सर्जियो रोबर्टोको पास सदुपयोग गर्दै डिपाएले ५० औं मिनेटमा गोल गरेका थिए । खेलको अन्तिम समयमा बार्सिलोना १० खेलाडीमा समेटियो ।

विपक्षी लाष्ट म्यानलाई फल गरेपनि बार्सिलोनाका इरिक गार्सियाले रातो कार्ड ब्यहोरेका थिए । यस अघि दुवै टोलीले तीन अंकको लागि प्रतिस्पर्धा गरे पनि दुवै टोलीले केही राम्रो अवसर खेर फालेका थिए । बराबरीमा रोकिए पनि बार्सिलोना शिर्षस्थानमा रहेको छ । २ खेलबाट ४ अंक बनाएको बार्सिलोना गोल अन्तरका आधारमा शीर्षस्थानमा रहेको हो ।

२ खेलबाट २ अंक जोडेको बिल्वाओ नवौं स्थानमा छ । रातिनै भएको अन्य खेलमा घरेलु टोली डिपार्टिभो अलाभेसलाई पराजित गर्दै मालोर्काले महत्वपूर्ण तीन अंक हासिल गरेको छ ।

फर्नाण्डो निनोले खेलको ८० औं मिनेटमा गरेको गोलसँगै टोली दोस्रो स्थानमा उक्लिएको छ । यस्तै अन्य खेलमा इस्पान्योलले भिल्लारियलसँग गोलरहित बराबरी खेल्दा ग्रानडा र भ्यालेन्सियाले १–१ को बराबरी खेले ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend