Logo २०८२ फाल्गुन २१ बिहिबार
हेलिकप्टरमार्फत गर्भवतीको उद्धार

हेलिकप्टरमार्फत गर्भवतीको उद्धार


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र ६ २०७८
652
SHARES

सिन्धुपालचाेक । पाँचपोखरी थाङ्पाल गाउँपालिका– ३ भोताङकी एक गर्भवतीलाई आज हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।दुई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताउनुभयो ।

पाठेघरको मुख पूरै खुलिसक्दा पनि सुत्केरी हुन नसेकेपछि हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्यचौकी प्रमुख मिखायलले जानकारी दिनुभयो । सरकारले दुर्गम तथा पिछडिएका क्षेत्रमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरी महिलाका लागि हेलिकप्टरमार्फत उद्धार उहाँलाई उद्धार गरिएको हो ।

अविरल वर्षाले सडकमा पनि क्षति पु¥याएपछि हेलिकप्टरमार्फत उद्धार गरिएको बताइएको छ । सिन्धुपाल्चोकका हेलम्बु, पाँचपोखरी र जुगल गाउँपालिका राष्ट्रपति महिला उत्थान कार्यक्रममा छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend