Logo २०८२ फाल्गुन २१ बिहिबार
बायर्न म्युनिखको पहिलो जित

बायर्न म्युनिखको पहिलो जित


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८
526
SHARES

एजेन्सी- जर्मन बुण्डेस लिगामा बायर्न म्युनिखले पहिलो जित दर्ता गराएको छ । आइतबार राती भएको खेलमा बायर्नले एफसी कोलनलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बायर्नलाई जिताउन सर्जी गानब्रीले दुई तथा रोबर्ट लेवाण्डोस्की एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफमा ५ गोल भएका थिए । सुरुवाती दुई अग्रता म्युनिखले बनायो । खेलको ५० औं मिनेटमा लेवाण्डोस्कीले गोल गर्दै अग्रता बनाए । यस्तै ५८ मिनेटमा गानर्बीले गोल गर्दै अग्रता २–० को बनाए ।

खेलको ६० मिनेटमा एफसी कोलनका लागि एन्थोने माडेस्टेले दुरी २–१ मा झारे । खेलको ६२ मिनेटमा मार्क युथले गोल गर्दै खेल बराबरीमा ल्याए । ७१ औं मिनेटमा पुनः सर्जी गानब्रीले गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

पहिलो खेलमा बराबरीमा रोकिएको म्युनिखले दोस्रो खेलमा भने महत्वपूर्ण तीन अंक जोडेको छ । साविक विजेता म्युनिख २ अंकसहित चौथो स्थानमा रहेको छ । यस्तै कोलन भने २ खेलबाट ३ अंक सहित ८ औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend