Logo २०८२ फाल्गुन १९ मंगलबार
क्रियाशील सदस्यता विवाद टुंग्याउँदै कांग्रेस, कार्यदलले आजै प्रतिवेदन बुझाउने

क्रियाशील सदस्यता विवाद टुंग्याउँदै कांग्रेस, कार्यदलले आजै प्रतिवेदन बुझाउने


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र ७ २०७८
512
SHARES

काठमाडौं, ७ भदौ – क्रियाशील सदस्य विवाद टुंग्याउन आज नेपाली कांग्रेस कार्यदलको बैठक बस्दैछ ।

क्रियाशील सदस्यता विवाद समाधान गर्न कृष्णप्रसाद सिटौला, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित समितिको बैठक आज दिउँसो १ बजे बस्ने र साँझ ५ बजे प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने तयारी भएको छ ।

विशेष गरी सप्तरी, रौतहट र बाराका क्रियाशील सदस्यता सम्बन्धमा सहमति जुटाउन बाँकी छ । दिउँसो बस्ने बैठकमा सहमति जुटाउने प्रयास गर्ने र सहमति नजुटेमा आफ्नो रायसहितको प्रतिवेदन सभापति देउवालाई बुझाउने तयारी कार्यदलले गरेको छ ।

कार्यदलले आइतबार नै सभापति देउवालाई प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर, केही विषयमा छलफल गर्नुपर्ने भएकाले आज बुझाउन लागेको समिति सदस्य लेखकले जानकारी दिए ।

यता कार्यदलको बैठक बस्ने तयारी भइरहँदा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठक आयोजना गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend