Logo २०८२ फाल्गुन २१ बिहिबार
आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?

आजको मौसम : कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
512
SHARES

काठमाडौं, ८ भदौ -आज मंगलबार मुलुकका चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षा हुने देखिन्छ ।

मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागभन्दा केही दक्षिण तिर रहेको र विस्तारै तराई केन्द्रित हुँदै गएकाले मनसुन सक्रिय बनेको महाशाखाका मौसमविद्ले बताएका छन् ।

मंगलबार राति देशभर बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

बुधबार मुलुकका धेरै ठाउँमा वर्षाको आँकलन गरिएको छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । बुधबार रातिबाट मनसुन अझ सक्रिय रहने महाशाखाका अनुमान छ । राति गण्डकीका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

बिहीबार देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी र प्रदेश २ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि रहेको महाशाखाको आँकलन छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend