Logo २०८२ फाल्गुन २१ बिहिबार
चलचित्र मिल्खा भाग’मा अभिनेत्री सोनमले लिएको पारिश्रमिकको चर्चा

चलचित्र मिल्खा भाग’मा अभिनेत्री सोनमले लिएको पारिश्रमिकको चर्चा


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
1.8K
SHARES

मुम्बई । केही दिनअघि अभिनेत्री दीपिका पादुकोणले अभिनेताले सरह पारिश्रमिक पाउनुपर्छ भनेकै कारण सञ्जय लिला भञ्सालीको चलचित्रबाट बाहिरिनु परेको समाचार आएको थियो । यस्तै, एउटा चलचित्रका लागि १२ करोड पारिश्रमिक माग गरेपछि बलिउड करिना कपुरले चलचित्र हातबाट हात धुनुपर्यो भने त्यसको खुबै आलोचनासमेत गरियो ।

यसैबीच अभिनेत्री सोनम कपुर पारिश्रमिककै प्रसंगका कारण चर्चामा आएकी छन् । उनी महँगो पारिश्रमिकका कारण नभई सबैभन्दा कम पारिश्रमिक लिएका कारण चर्चामा आएकी हुन् । अभिनेत्री सोनमले सन् २०१३ मा प्रदर्शनमा आएको चलचित्र ‘भाग मिल्खा भाग’ का लागि मात्रै ११ रुपैयाँ भारु पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।फरहान अख्तरको प्रमुख भूमिकामा रहेको उक्त चलचित्रमा अभिनेत्री सोनमको सानो भूमिका रहेको छ । यसबारे उक्त चलचित्रका निर्देशक राकेश ओमप्रकाश मेहराले खुलासा गरेका हुन् ।

उनले आफ्नो अटोबायोग्राफी ‘द स्ट्रेन्जर इन द मिरर’ मा सोनमले आफ्नै खुसीले उक्त पारिश्रमिकमा ‘गेस्ट अपिरियन्स’ का लागि तयार भएको उल्लेख गरेका छन् ।

चलचित्रका केही दृश्य र दुईवटा गीतमा मात्रै सोनम देखिएकी थिइन् । निर्देशक राकेश भन्छन्, ‘सोनमले बुझेकी थिइन् कि यो कुनै लभस्टोरी चलचित्र होइन । यो एउटा विभाजनबाट बचेको एक पुरुषको भयानक बाल्यकाल र ईश्री कौर ९सोनम० मात्रै ती बालकको अतितसँग जोडिएको एउटा मात्रै सम्झना थियो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend