Logo २०८२ फाल्गुन २१ बिहिबार
अक्षय कुमारको फिल्म ‘बेलबटम’ खाडीमा प्रतिबन्ध

अक्षय कुमारको फिल्म ‘बेलबटम’ खाडीमा प्रतिबन्ध


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
533
SHARES

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार अभिनीत चलचित्र ‘बेलबटम’ प्रदर्शनमा भइरहेको छ । कोरोनाका कारण लामो समय ठप्प रहेका सिनेमाघर सञ्चालनमा आएसँगै अक्षय कुमारको चलचित्र प्रदर्शनमा आएको हो । सिनेमाघर खुले पनि दर्शकको चाप कम भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अक्षय कुमारको चलचित्रको कमाइ औसत रुपमा अघि बढिरहेको चलचित्र समीक्षकले उल्लेख गरेका छन् । अझै हलमा दर्शक आउन समय लाग्ने उनीहरुको अनुमान छ ।

खबरमा आए अनुसार ‘बेलबटम’ प्रदर्शनमा आएको तीन दिनमा १२।६५ करोड भारु कमाइ गरेको छ । रक्षाबन्धनको दिनमात्र चलचित्रले ४।४० करोडको कमाइ गरेको छ । यसअघि दैनिक ४।२० कमाइ गरेकोमा रक्षाबन्धनको दिन कमाइ बढेको हो । ‘बेलबटम’ को चलचित्र केही देशमा प्रतिबन्धित भएका कारण पनि यसको कमाइमा कमी आउने विश्लेषकले बताएका छन् । विशेषत मुस्लिम मुलुकहरुले अक्षयको उक्त चलचित्रको एक दृश्यमा आपत्ति जनाउँदै प्रदर्शनमा रोक लगाएका हुन् ।

साउदी अरब, कुवेत र कतारका चलचित्र सेन्सर बोर्डले यस चलचित्रको प्रदर्शनमाथि रोक लगाएका छन् । सेन्सर बोर्ड अफ युएईले चलचित्रमा तीन देशको छविलाई नकारात्मक रुपमा प्रस्तुत गरिएको आरोप लगाउँदै चलचित्र प्रदर्शन हुन दिएका छैनन् ।सौर्य दैनिकमा खबर छ । उनीहरुले चलचित्रले इतिहासलाई बंग्याएको आरोप लगाएका छन् । यो चलचित्र सन् ८० को दशकको एक सत्य घटनामा आधारित छ । चलचित्र भारतको पहिलो गोप्य अपरेसनलाई लिएर बनेको छ । चलचित्रमा जहाज अपहरण गरेर लाहौरबाट दुबई पु¥याइएको छ । त्यसबेला संयुक्त अरब इमिरेट्सको फोर्सले अपहरणकारीलाई पक्राउ गरेको थियो । त्यसपछि युएईका रक्षामन्त्री मोहम्मद बिन राशिनले यो मामलामा हस्तक्षेप गरेका थिए । तर चलचित्रमा यो गोप्य अप्रेसनलाई भारतीय अधिकारीले पूरा गरेको देखाइएको छ । चलचित्रमा अभिनेता अक्षय कुमारसहित अभिनेत्री लारा दत्त, वाणी कपुर, हुमा कुरेशी र आदिल हुसेन लगायतको अभिनय छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend