Logo २०८२ फाल्गुन १९ मंगलबार
चलचित्रमा सबैभन्दा कम पारिश्रमिक लिएका कारण चर्चामा आइन सोनम

चलचित्रमा सबैभन्दा कम पारिश्रमिक लिएका कारण चर्चामा आइन सोनम


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
1.2K
SHARES

मुम्बई । केही दिनअघि अभिनेत्री दीपिका पादुकोणले अभिनेताले सरह पारिश्रमिक पाउनुपर्छ भनेकै कारण सञ्जय लिला भञ्सालीको चलचित्रबाट बाहिरिनु परेको समाचार आएको थियो । यस्तै, एउटा चलचित्रका लागि १२ करोड पारिश्रमिक माग गरेपछि बलिउड करिना कपुरले चलचित्र हातबाट हात धुनुप¥यो भने त्यसको खुबै आलोचनासमेत गरियो ।

यसैबीच अभिनेत्री सोनम कपुर पारिश्रमिककै प्रसंगका कारण चर्चामा आएकी छन् । उनी महँगो पारिश्रमिकका कारण नभई सबैभन्दा कम पारिश्रमिक लिएका कारण चर्चामा आएकी हुन् । अभिनेत्री सोनमले सन् २०१३ मा प्रदर्शनमा आएको चलचित्र ‘भाग मिल्खा भाग’ का लागि मात्रै ११ रुपैयाँ भारु पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।सौर्य दैनिकमा खबर छ । फरहान अख्तरको प्रमुख भूमिकामा रहेको उक्त चलचित्रमा अभिनेत्री सोनमको सानो भूमिका रहेको छ । यसबारे उक्त चलचित्रका निर्देशक राकेश ओमप्रकाश मेहराले खुलासा गरेका हुन् । उनले आफ्नो अटोबायोग्राफी ‘द स्ट्रेन्जर इन द मिरर’ मा सोनमले आफ्नै खुसीले उक्त पारिश्रमिकमा ‘गेस्ट अपिरियन्स’ का लागि तयार भएको उल्लेख गरेका छन् ।

चलचित्रका केही दृश्य र दुईवटा गीतमा मात्रै सोनम देखिएकी थिइन् । निर्देशक राकेश भन्छन्, ‘सोनमले बुझेकी थिइन् कि यो कुनै लभस्टोरी चलचित्र होइन । यो एउटा विभाजनबाट बचेको एक पुरुषको भयानक बाल्यकाल र ईश्री कौर ९सोनम० मात्रै ती बालकको अतितसँग जोडिएको एउटा मात्रै सम्झना थियो ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend