Logo २०८२ फाल्गुन १९ मंगलबार
बलिउड अभिनेत्री जान्ह्वी कपुरका हातमा फिल्म नै फिल्म

बलिउड अभिनेत्री जान्ह्वी कपुरका हातमा फिल्म नै फिल्म


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
1K
SHARES

मुम्बई – बलिउड अभिनेत्री जान्ह्वी कपुरले आफ्नो सुन्दरता र ग्ल्यामरस छविले सबैलाई मन्त्रमुग्ध पार्दै आएकी छन्। उनको हरेक दिन फ्यान फ्लोइङ बढिरहेको छ भने सामाजिक सञ्जालमा पनि उनलाई पछ्याउनेको संख्या निकै ठूलो छ।

जान्ह्वी कपुरले आफ्नो विभिन्न अन्दाजका तस्बिर, भिडियो एवं जानकारीहरू राखेर आफ्ना फ्यानहरूलाई खुसी तुल्याउँदै आएकी छन्। उनको वेस्टर्न होस् या ट्रेडिसनल जुनसुकै पहिरनलाई पनि फ्यानहरूले मन पराउने गरेका छन्। जान्ह्वी चर्चित बलिउड अभिनेत्री श्रीदेवी र निर्माता बोनी कुपरकी छोरी हुन्। अन्नपुर्ण पोष्टमा खबर छ ।

हालै जान्ह्वी कपुरले केही फोटो सुटका तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छन्। रातो आउटफिटमा देखिएकी जान्ह्वीको सुन्दरतालाई धेरैले मन पराएका छन्। सामाजिक सञ्जाल इन्टाग्राममा पनि उनले राम्रै प्रतिक्रिया पाइरहेकी छन्। रातो आउटफिटमा फोटो सेयर गर्दै उनले ‘चेरी वाइनजस्तै मिठो’ क्याप्सन लेखेकी थिइन्।

जान्ह्वीले ‘गुञ्जन सक्सेना’ मा काम गरेकी थिइन्। यस चलचित्रमा उनले निर्वाह गरेको भूमिकालाई धेरैले मन पराएका थिए। उनी ‘गुड लक जेरी’ र ‘दोस्ताना–२’लगायतका चलचित्रमा पनि देखिँदै छिन्।
जान्ह्वीले सन् २०१८ मा बलिउडमा डेब्यु गरेकी हुन्। उनले रोमान्टिक ड्रामा फिल्म ‘धडक’मा पहिलो पटक अभिनय गरेकी थिइन्। उनले नेटफिलिक्सबाट प्रशारण भएको ‘घोस्ट स्टोरिज’, ‘गुञ्जन सक्सेना स् द कार्गिल गर्ल’लगायतमा काम गरिसकेकी छन्। उनले तमिल फिल्ममा पनि काम गरेकी छन्।
सन् २०१६ को सुपरहिट फिल्म पिंकको तमिल रिमेकमा उनले काम गरेकी थिइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend