Logo २०८२ फाल्गुन १९ मंगलबार
यस्तो छ बलिउड नायिमा मलाइका सुन्दर हुनुको खास राज

यस्तो छ बलिउड नायिमा मलाइका सुन्दर हुनुको खास राज


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
526
SHARES

मुम्बई – बलिउड अभिनेत्री एवं चर्चित नृत्यकार मलाइका अरोरा पछिल्लो साढे दुई दशकदेखि चलचित्र क्षेत्रमा क्रियाशील छिन्। यस अवधिमा मलाइकाले अभिनयले भन्दा पनि आफ्नो नृत्यले सबैको मन जित्न सफल भएकी छन्। उनले निर्वाह गरेको विभिन्न भूमिकालाई पनि दर्शकले रुचाएका छन्। ४७ वर्षीया मलाइका विभिन्न टेलिभिजनका रियालिटी शोमा निर्णायकको भूमिका पनि निर्वाह गर्दै आएकी छन्।

४७ वर्षको उमेरमा पनि उक्तिकै फिट मलाइकाको आफ्नै सूत्र छ। फिटनेसकै कारण उनले सदैव चर्चा बटुल्दै आएकी छन्। उनले आफ्नो फिटनेसको सूत्र खानपान र दैनिक ब्यायामलाई बताउँदै आएकी छन्। अन्नपुर्ण पोष्टमा खबर छ । पछिल्लो समय मलाइका कालो पदार्थले भरिएको बोतल बोक्ने गर्छिन्। त्यो बोतलका कारण पनि उनी चर्चामा आइरहन्छिन्। उनले सदैव बोक्ने बोतल ‘ब्ल्याक एल्कलाइन वाटर’ हो। यो पानी पिउनाले शरीरको मेटाबोलिज्म, अक्सिजन लिने क्षमता, डी–अक्सिफिकेसन र पाचन क्रिया राम्रो हुने जनाइएको छ।

यसैगरी एसिडिटी र डी–हाइड्रेसनको समस्या नहुनुका साथै इम्युनिटी क्षमता पनि बढाउने जनाइएको छ। ‘ब्ल्याक एल्कलाइन वाटर’को मूल्य प्रतिलिटर दुई सय भारु पर्दछ। यो पानीमा ७० प्रतिशतभन्दा बढी मिनरल्स हुन्छ। ब्ल्याक वाटरसँगै मलाइकाको फिटनेस सूत्र खानपिन, ब्यायाम र योग पनि हो। उनले आफ्नै योग स्टुडियो निर्माण गरेकी छन्। जहाँ उनी हरेक दिन योग अभ्यास गर्ने गर्छिन्।

विभिन्न भूमिकामा प्रस्तुत गर्दै आएकी बहुआयामिक व्यक्तित्व मलाइकाले आफूले सुरु गर्ने नयाँ प्रोजेक्टका बारेमा केही समयअघि भारतीय सञ्चारमाध्यमसँग कुरा गरेकी थिइन्। उनले विगत दुई वर्षदेखि आफ्ना थुप्रै प्रोजेक्टहरू पाइपलाइनमा रहेको बताएकी थिइन्।

मलाइका पछिललो समय सुपर डान्सर–४, इन्डियाज बेस्ट डान्सरलगायतका रियालिटी शोमा निर्णायकको भूमिका निर्वाह गर्दै आएकी छन्। उनी अब आफै डान्स शो सुरु गर्ने तयारीमा छिन्।

पछिल्लो समय मलाइका बलिउड अभिनेता अर्जुन कपुरसँग डेट गरिरहेकी छन्। बलिउड अभिनेता एवं निर्माता अरबाज खानसँग सन् २०१७ मा सम्बन्ध बिच्छेदपछि मलाइका अर्जुन कपुरसँग डेट गरिरहेकी हुन्। उनले पूर्वपति अरबाजसँग मिलेर सन् २००८ मा चलचित्र निर्माणमा हात हालेकी थिइन्। उनले त्यसअघि सन् २००२ मा निर्माण भएको ‘काँटे’ चलचित्रमार्फत अभिनेत्रीका रुपमा बलिउडमा डेब्यु गरेकी थिइन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend