Logo २०८२ फाल्गुन २१ बिहिबार
मलामीबाट फर्केका वृद्धको भीरबाट लडेर मृत्यु

मलामीबाट फर्केका वृद्धको भीरबाट लडेर मृत्यु


Epress Khabar प्रकाशित मिति : मंगलबार, भाद्र ८ २०७८
477
SHARES

पाँचथर, ८ भदौ -पाँचथरको फिदिम नगरपालिकाका एक वृद्धको मलामीबाट फर्कने क्रममा भीरबाट लडेर मृत्यु भएको छ ।मलामी गई फर्कने क्रममा फिदिम नगरपालिका–१४ बाँसबोटेमा सोमबार बेलुका भीरबाट लडेर फिदिम–८ घलेगाउँका ६५ वर्षीय पदमबहादुर राईको मृत्यु भएको हो ।

राई घर आइनपुगेपछि खोजी गर्ने क्रममा उनका छोराले गोरेटो बाटोबाट करिब एक सय मिटर तल झरेर मृत्यु भएको अवस्थामा राईलाई फेला पारेका हुन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend