Logo २०८२ फाल्गुन १९ मंगलबार
आजदेखि मनसुन फेरि सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना

आजदेखि मनसुन फेरि सक्रिय, यी प्रदेशमा भारी वर्षाको सम्भावना


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
519
SHARES

आज बुधबारदेखि मनसुन फेरि सक्रिय भएको छ । मनसुनको न्युन चापिय रेखा नेपालको तराई भूभागको केही नजिक रहेकाले आज रातिबाट मुलुकका धेरैजसो स्थानमा पानी पर्ने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आह्वान पनि भनेकाे छ । महाशाखाका अनुसार आज बिहान केही क्षेत्रमा पानी परेको छ ।

तर, राति प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको देखिन्छ ।

बिहीबार प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। प्रदेश २, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको आँकलन गरिएको छ ।

शुक्रबार पनि मनसुन सक्रिय रहने देखिन्छ । महाशाखाका अनुसार शुक्रबार प्रदेश १, २, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ भने केही स्थानमा धेरै भारी वर्षाको सम्भावना पनि छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend