Logo २०८२ फाल्गुन १९ मंगलबार
एमाले अध्यक्ष ओलीले बोलाए विशेष पत्रकार सम्मेलन

एमाले अध्यक्ष ओलीले बोलाए विशेष पत्रकार सम्मेलन


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
701
SHARES

काठमाडौं, ९ भदौ -प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज विशेष पत्रकार सम्मेलन गर्ने भएका छन् ।

पार्टी स्थायी कमिटी बैठकका निर्णयहरू स्पष्ट गर्न तथा समसामयिक विषयहरूमा प्रकाश पार्न अध्यक्ष ओलीले विहान ११ बजे पत्रकार सम्मेलन बोलाएको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए ।

उनका अनुसार पार्टी पदाधिकारी र स्थायी कमिटी सदस्यहरूको उपस्थितिमा विहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा पत्रकार सम्मेलन हुनेछ ।

बुधवारै दिउँसो वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई निर्वाचन आयोगले दल दर्ता प्रयोजनअन्तर्गत सनाखतका लागि बोलाएका बेला त्यसअघि नै अध्यक्ष ओलीले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा राख्न लागेका हुन् ।

नेपाल समूहमा रहेका १० जना स्थायी कमिटी सदस्यसँग अध्यक्ष ओली २ जेठमा फर्किन सहमत भएका छन् । मंगलबारको स्थायी कमिटीले बैठकले उक्त सहमतिलाई अनुमोदन गरेको थियो । बैठकमा १० जना नेताहरु पनि सहभागी थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend