Logo २०८२ फाल्गुन १९ मंगलबार
प्रचण्ड स्कुल विभाग इन्चार्ज, प्रवक्तामा महरा

प्रचण्ड स्कुल विभाग इन्चार्ज, प्रवक्तामा महरा


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
1.7K
SHARES

नेकपा (माओवादी) केन्द्रले नेताहरूको जिम्मेवारी हेरफेरसहित कार्यविभाजन गरेको छ । माओवादी स्थायी कमिटी बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिपत्र जारी गर्दै कार्यविभाजन गरेका हुन् ।

सो अनुसार माओवादी प्रवक्तामा पूर्वसभामुख कृष्णबहादुर महरा चयन भएका छन्। महराले राष्ट्रिय सुरक्षा विभाग प्रमुखको जिम्मेवारी पनि पाएका छन् । यसअघि पार्टी प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठ प्रवास समिति इन्चार्ज बनेका छन् ।

स्कुल विभाग इन्चार्जमा अध्यक्ष प्रचण्ड छन् भने प्रमुखमा गिरिराजमणि पोखरेल रहेका छन् अर्थमन्त्री समेत रहेका जनार्दन शर्मालाई संगठन विभाग प्रमुख बनाइएको छ। केन्द्रीय कार्यालय इन्चार्ज वर्षमान पुन बनेका छन्।

कृषि तथा भूमिसुधार विभागमा हरिबोल गजुरेल, उद्योग तथा वाणिज्य विभागमा वामदेव क्षेत्री, कृषि तथा आर्थिक व्यवस्थापन विभागमा डोरप्रसाद उपाध्याय, उपभोक्ता हित तथा आपूर्ति विभागमा मातृका यादव, खानेपानी तथा सरसफाइ विभागमा बिना मगर चयन भएका छन् । माओवादीले उपत्यका समन्वय, सम्पर्क समिति पनि गठन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend