Logo २०८२ फाल्गुन १९ मंगलबार
योगेश भट्टराईले सम्हाले एमाले प्रवक्ताको जिम्मेवारी

योगेश भट्टराईले सम्हाले एमाले प्रवक्ताको जिम्मेवारी


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
834
SHARES

काठमाडौं, ९ भदौ- एमाले प्रवक्ताको जिम्मेवारी योगेश भट्टराईले सम्हालेका छन् । उनले आजदेखि औपचारिक रूपमा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् ।

मंगलबार बसेको एमाले स्थायी समिति बैठकले पार्टीका संरचना २ जेठ ०७५ कै अवस्थामा ब्यूँताउने सहमति गरेसँगै बुधबारदेखि भट्टराई प्रवक्ताकै जिम्मेवारीमा फर्किएका हुन् । एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुनुअघिसम्म भट्टराई पार्टी प्रवक्ताकै जिम्मेवारीमा थिए । मंगलबारसम्म प्रदीप ज्ञवाली पार्टी प्रवक्तामा थिए ।

मंगलबार सम्पन्न स्थायी समिति बैठकले गरेका निर्णयबारे जानकारी गराउन आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ताका हैसियतमा भट्टराईले जिम्मेवारी सम्हालेर पार्टी २ जेठ ०७५ कै अवस्थामा पुगेको सन्देश दिन खोजेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend