Logo २०८२ फाल्गुन २१ बिहिबार
दल दर्ताका लागि सनाखत गर्न महन्थ ठाकुर समूह पनि निर्वाचन आयोगमा

दल दर्ताका लागि सनाखत गर्न महन्थ ठाकुर समूह पनि निर्वाचन आयोगमा


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
498
SHARES

काठमाडौं, ९ भदौ -महन्थ ठाकुर समूहका नेताहरु पनि दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोगमा पुगेका छन् । जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर समूहले लोकतान्त्रिक समाजवादी पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका थिए ।

दल दर्ता प्रक्रियाका लागि बुधबार आयोगले सनाखत गर्न ठाकुर समूहका नेताहरुलाई बोलाएको हो । सोही कारण अहिले प्रस्तावित लोसपाका नेताहरु सनाखत गर्न आयोगको कार्यालयमा पुगेका छन् ।

यसैबीच एमालेबाट अलग्गिएर माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि आयोगमा निवेदन दिएका छन् । उनीहरु पनि अहिले सनाखतका लागि आयोगमा पुगेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend