Logo २०८२ फाल्गुन २१ बिहिबार
चार महिनापछि नेकपा (एकीकृत समाजवादी) मुलुककै सबैभन्दा ठूलो पार्टी बन्छ !

चार महिनापछि नेकपा (एकीकृत समाजवादी) मुलुककै सबैभन्दा ठूलो पार्टी बन्छ !


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
498
SHARES

काठमाडौ, ९ भदौ -प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले आफ्नो दल आगामी चार महिनामा मुलुककै सबैभन्दा ठूलो पार्टी बन्ने दाबी गरेका छन् ।निर्वाचन आयोगमा दलको सनाखतबारे सञ्चारकर्मीलाई जानकारी दिने क्रममा चौधरीले कम्युनिस्ट शक्तिहरुबिच एकता भएर ठूलो दल बन्ने दाबी गरे ।

‘चार महिनापछि यो मुलुकको सबैभन्दा ठूलो पार्टी बन्दैछ । यहीँ पार्टीको वरिपरी मुलुकको राजनीति अघि बढ्छ,’ उनले भने, ‘माओवादी, जनमोर्चा, विप्लववैद्य सबैसँग पार्टी एकता हुन्छ । सबैसँग छलफल प्रक्रिया अघि बढिसकेको छ । टुंग्याउने प्रक्रियामा हामी छिर्छौं ।’

चौधरीले नेपालको राजनीतिमा रहेसम्म अथवा एमाले अध्यक्ष रहेसम्म केपी ओलीसँग भने कुनै प्रकारको सहमति, सहकार्य, एकता नहुने बताए ।

मध्यमार्गी नेता ओलीतिर लागेकोमा आलोचना गर्दै चौधरीले भने, ‘सबै मान्छेहरु युद्धको मैदानमा क्रान्ति गर्ने ल्याकत राख्न सक्दैन । थोरै मान्छेमात्र हिम्मत साहस आँट गर्न सक्ने रहेछन् । त्यो आँट हामीले माधव नेपालको नेतृत्वमा गर्‍यौ ।’

उनले एमाले पार्टी चोइटिएको नभई विभाजन नै भएको जिकिर गरे । अध्यक्ष ओलीले जे पनि बोल्ने गरेको भन्दैं चोइटिएको भन्ने उनको बोलीकोपछि नलाग्न आग्रह गरे ।

उनले पार्टीको दस्तावेजीकरण र कार्यविभाजनको काम बाँकी रहेको जानकारी दिए । ओलीको कार्यशैली मन नपरेकै कारण आफूहरु छुट्टिएको उनको भनाई थियो । चौधरीले आयोगबाट आजै दल दर्ता प्रमाणपत्र लिएर जाने पनि उल्लेख गरे ।

ओलीले कम्युनिस्ट आन्दोलन डुबाउन खोज्दा आफूहरुले उकासेको उनले दाबी गरे । ‘उहाँले जे देख्यो खरानी बनाउन थाल्नुभयो । हामीले कम्युनिस्ट आन्दोलनलाई खरानी हुनबाट जोगायौं,’ उनले भने । नेता चौधरीले ओलीतिर लागेका मध्यमार्गी १० नेता छिट्टै फर्किने विश्वास व्यक्त गरे । ‘१० जना एमाले र ओली खरानी हुनुभन्दा अघि नै आउनुहुन्छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend