Logo २०८२ फाल्गुन १९ मंगलबार
नयाँ पार्टी गठन गर्न ढिला भयो भनेर कराउने भीम रावलहरुले नै धोका दिनुभयो : गंगाधर तुलाधर

नयाँ पार्टी गठन गर्न ढिला भयो भनेर कराउने भीम रावलहरुले नै धोका दिनुभयो : गंगाधर तुलाधर


Epress Khabar प्रकाशित मिति : बुधबार, भाद्र ९ २०७८
428
SHARES

काठमाडौं, ९ भदौ-प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता गंगाधर तुलाधरले मध्यमार्गी नेताहरुले अन्तिम समयमा धोका दिएको आरोप लगाएका छन् ।निर्वाचन आयोगमा सनाखतका लागि पुगेका नेता तुलाधरले नयाँ पार्टी गठन गर्न ढिला भयो भन्नेहरुले नै अन्तिममा धोका दिएको आरोप लगाए ।

‘हामीसँग रहेका १० जना साथीहरुले केपी ओलीलाई बिचमा राखेर फोटो खिचाउनुभयो । उहाँहरुले उता सनाखत गरिसक्नुभयो । मध्यपन्थी मध्यस्तता गर्ने साथीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा छुट्नुभयो । आजको अवस्था आउनका निम्ति उहाँहरु नै मुख्य भूमिकामा हुनुहुन्छ । पार्टी गठन गर्न ढिला भयो भनेर कराउने उहाँहरु नै हो । अहिले आएर उहाँहरुले धोका दिनुभयो,’ तुलाधरले भने ।

उनले कारवाही गरेकाले सनाखत गर्न मिल्दैन भनेर एमालेले भन्न नपाउने पनि जिकिर गरे । यो कानुनले भन्ने उनको भनाइ थियो ।
नेता तुलाधारले पार्टी विभाजन आफूहरुको चाहना नभएको पनि दाबी गरे । ‘एकता चाहना हहो । विभाजन बाध्यता हो । ओलीले गर्ने व्यवहारमा सुधार देखिएन । बाध्य भएर रगत पसिना घिसेको, आधा जीवन खर्च गरेको पार्टी छोड्न बाध्य भयौं । चुप लागेर बस्न सकिएन । क्रान्ति अगाडि बढाउन, कम्युनिस्ट आन्दोलन जोगाउन, विसर्जनवाद, संशोधनवादबाट पार्टी जोगाउन जरुरी थियो । पार्टी दर्तासम्म आइपुग्यौं,’ उनले भने ।

आफूहरु नेपाली क्रान्तिलाई र कम्युनिस्ट आन्दोलन जोगाउनका निम्ति कम्युनिस्ट क्रान्तिकारी पार्टी निर्माणमा लागेको तुलाधरले बताए । ‘पर्याप्त संख्या भएको छ । औपचारिक र वैधानिक रुपमा पार्टी दर्ता हुने क्रममा छ,’ उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend