Logo २०८२ फाल्गुन १९ मंगलबार
विरामीहरुलाई दु:ख दिने १० जना बिचौलिया पक्राउ

विरामीहरुलाई दु:ख दिने १० जना बिचौलिया पक्राउ


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
519
SHARES

विराटनगर- अस्पताल आएका विरामीहरुलाई विभिन्न बहाना देखाएर दु:ख दिई ठगी गर्ने १० जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।अस्पतालहरूमा उपचार गराउन आएका विरामी तथा विरामीका आफन्तहरूलाई भेटेर ‘यहाँ डाक्टर राम्रो छैन, यो अस्पतालमा कोरोना धेरै छ, उपचार राम्रो छैन, औषधि राम्रो छैन’जस्ता अफवाह फैलाई विरामी तथा आफन्तहरूलाई झुक्याएर कमिसन दिने अस्पतालमा लैजाने खोजेको आरोपमा उनीहरु समातिएका हुन् ।

पक्राउ पर्नेमा सुनसरी दुहवी ६ का ५४ वर्षीय श्रीराम चौधरी, सिरहा–२ बस्ने २० बर्षका सूर्यनारायण यादव, मोरङ कटहरी गाउँपालिका ३ बस्ने ४२ बर्षको मो जलिद, विराटनगर महानगरपालिका बस्ने १८ बर्षका विश्वास मण्डल, २३ वर्षका रोशन गुप्ता, १९ वर्षका सुजित यादव, वर्ष २२ का फिरोज रोय, वर्ष २१ का समिर खान, वर्ष १८ का सरोज खान र १८ वर्षका अमित यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक श्रेठले बताए ।

डिएसपी श्रेठकाअनुसार ३ जनालाई कोशी अस्पताल र ७ जनालाई नोबेल मेडिकल कलेज छेउबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।केही दिनअघि मात्रै प्रहरीले न्यूरो अस्पतालबाट २ जनालाई नियन्त्रणमा लिएको थियो । विरामीहरुलाई दु:ख दिने बिचौलियाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend