Logo २०८२ फाल्गुन २१ बिहिबार
राजीनामा दिने अवस्थामा पुगे नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह

राजीनामा दिने अवस्थामा पुगे नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
512
SHARES

काठमाडौं -नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले आफ्नो पदबाट राजीनामा दिने संकेत गरेका छन् ।

प्रशिक्षक अल्मुताईरीको राजीनामा प्रकरणपछि उब्जिएको विवाद छानविन समितिले प्रतिवेदन बुझाएको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको नेतृत्वको समितिले राखेप सदस्य सचिव रमेशकुमार सिलवाललाई प्रतिवेदन बुझाएको हो ।

११ बुँदे प्रतिवेदनमा प्रशिक्षक अब्दुल्लाहले आफ्नो बानीलाई सुधार्नुपर्ने ठहर गरेको छ । प्रशिक्षक अब्दुल्लाहले व्यवसायिक आचरण र व्यक्तिगत व्यहोरामा सुधार गर्नुपर्ने र खेलाडीलाई गुणस्तरीय प्रशिक्षण दिनुपर्ने कुरा उल्लेख गरिएको छ ।

प्रतिवेदन सार्वजनिक भएको केही समयमा नै अब्दुल्लाहले सामाजिक सञ्जालमा ‘आइएम आउट, लेट्स पोलिटिक्स वर्क’ भनेर लेखेका छन् । यसको अर्थ ‘म बाहिरिए, राजनीति गर्नेलाई गर्न देउ’ भनेर उल्लेख गरेका छन् ।

यति बेला प्रशिक्षक अब्दुल्लाहले नेपाली टिमलाई पोखरामा प्रशिक्षण दिइरहेका छन् । २५ सदस्यीय टोली साफ च्याम्पियनसिप र आगामी १७ र २० गते भारतसँग हुने मैत्रीपूर्ण खेलको तयारीमा छ ।

यसअघि गत साउन १० गते मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आफूलाई तनाव दिइरहेकाले राजीनामा दिने घोषणा गरेका थिए । तर राजीनामा भने दिएनन् ।

लगत्तै आरोपित नेम्वाङले पत्रकार सम्मेलन गर्दै आफूविरुद्ध षड्यन्त्र भएको र दोषी ठहरिए पदबाट राजीनामा दिने बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend