Logo २०८२ फाल्गुन १९ मंगलबार
काबुलमा ४२ नेपाली उडानको प्रतीक्षामा

काबुलमा ४२ नेपाली उडानको प्रतीक्षामा


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
2.2K
SHARES

अफगानिस्तानबाट उद्धार भएका नेपाली स्वदेश फर्काउने प्रक्रिया जारी रहेको तथा काबुल विमानस्थलमा केही नेपाली उडानको प्रतीक्षा गरिरहेका सरकारले बताएको छ ।

कन्सुलर सेवा विभागको वेब पोर्टलमा सूचीकृत भई काबुलका विभिन्न स्थानमा समूहबद्धरूपमा उद्धारको पर्खाइमा रहनुभएका ४२ जना नेपाली स्वदेश फर्कने क्रममा काबुल विमानस्थलमा उडानको प्रक्रियामा रहेका तर त्यहाँ नागरिक उड्डयन सेवाको जहाजको आगमन अवतरण हालसम्म खुलिनसकेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीलाई काठमाडौँ ल्याउनका निरन्तर समन्वय भइरहेको मन्त्रालयले आज साँझ विज्ञप्ति निकालेर जनाएको हो । मन्त्रालयले अफगानिस्तानमा नै रहेका र आफ्नो नाम दर्ता नगराएकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको अनलाइन पोर्टलमा आफ्नो नामसहितको विवरण दर्ता गर्न सम्बद्ध सबैमा आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend