Logo २०८२ फाल्गुन २१ बिहिबार
श्रीमतीमाथि एसिड प्रहार गर्नेलाई साढे १० वर्ष कैद

श्रीमतीमाथि एसिड प्रहार गर्नेलाई साढे १० वर्ष कैद


Epress Khabar प्रकाशित मिति : बिहिबार, भाद्र १० २०७८
505
SHARES

जनकपुरधाम, १० भदौ – श्रीमतीमाथि एसिड प्रहार गर्ने धनुषाका सञ्जीव साहलाई जिल्ला अदालतले १० वर्ष ६ महिनाको जेल सजाय सुनाएको छ ।

विहीवार न्यायधीश कृष्णमुरारी शिवाकोटीको एक इजलासले साहलाई १० वर्ष ६ महिना कैदसहित ६ लाख ५० हजार जरिवाना र त्यतिकै रकम क्षतिपूर्ति दिलाउने फैसला सुनाएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।

सञ्जीवले गत कात्तिकमा दिपावलीका दिन श्रीमती आरती र छोरी रियामाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट आरतीको अनुहारमा घाउ हुनुका साथै दाहिने आँखा गुमेको थियो । दाहिने छातिलगायत अंगमा पनि गम्भीर असर परेको छ ।

फैसला आउनुअघि आजै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पीडित आरतीलाई प्रदेश सरकारको तर्फबाट ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend