Logo २०८२ फाल्गुन २१ बिहिबार
सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुडा प्रहार

सुर्खेतमा तरुण दलका वडा उपाध्यक्षमाथि खुडा प्रहार


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
1K
SHARES

सुर्खेत, ११ भदौ-सुर्खेतमा तरुण दलका एक वडा उपाध्यक्षमाथि खुडा प्रहार भएको छ ।वीरेन्द्रनगर नगरपालिका–१ का तरुण दलका उपाध्यक्षसमेत रहेका २५ बर्षीया सन्तोष गिरीमाथि वीरेन्द्रनगको धमला चोकमा खुडा प्रहार भएको प्रहरीले बताएको छ । शुक्रबार बेलुकी ६ बजेतिर धमला चोकको एक कटेजमा घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले गिरीको दायाँ हातको बुढी औला र बायाँ हातमा चोट लागेको जानकारी दिए । यद्यपि घटनाबारे थप कुरा अनुसन्धानपछि जानकारी गराउने उनले बताए ।

मोटरसाइकलमा आएको एक समूहले सन्तोषमाथि खुडा प्रहार गरेको तरुण दलका जिल्ला अध्यक्ष हरि विष्टले जानकारी दिए । उनले भने, ‘घटनाको सुरुवात बिहीवार साँझ एक होटेलबाट नै भएको बुझिएको छ। खुडा हान्ने को हुन भन्नेबारे स्पष्ट जानकारी आइसकेको छैन ।’गिरीको वीरेन्द्रनगरस्थित माया नर्सिङ् होममा उपचार भइरहेको छ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend