Logo २०८२ फाल्गुन २१ बिहिबार
यि स्थानमा आज भारी वर्षा हुने, सतर्क रहन आह्वान

यि स्थानमा आज भारी वर्षा हुने, सतर्क रहन आह्वान


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
519
SHARES

शुक्रबार आज मुलुकका विभिन्न क्षेत्रमा धेरै भारी वर्षाकाे आँकलन गरिएकाे छ । मनसुन फेरि सक्रिय भएसँगै देशभर पानी परिरहेकाेमा शुक्रबार

प्रदेश १, २, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको केही र सुदूरपश्चिम तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले उल्लेख गरेकाे छ ।

शुक्रबार राति पनि देशभर वर्षा हुनेछ ।

शनिबार धेरै स्थानमा वर्षाको सम्भावना छ। जसमा पनि प्रदेश १, गण्डकी, लुम्बिनी , कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आइतबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी/धेरै भारी सम्भावना रहेको महाशाखाले उल्लेख गरेकाे छ । वर्षाका कारण बाढीपहिराेकाे जाेखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले आह्वान गरेकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend