Logo २०८२ फाल्गुन १९ मंगलबार
तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान पस्दै

तालिवानको सत्तापलटः दिनहुँ हजारौं अफगानी पाकिस्तान पस्दै


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
736
SHARES

इस्लामाबाद- अफगानिस्तानमा तालिवानको सत्तापलटसँगै त्यहाँबाट पाकिस्तानमा शरण खोज्नेको संख्या बढ्दो छ । अफगानिस्तानको कन्दाहर प्रान्तको स्पिन बोलडाक सिमाबाट हजारौं अफगानी पाकिस्तान प्रवेश गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

पाकिस्तान जान खोज्नेमा विद्यार्थी, पूर्व सुरक्षाकर्मी, व्यावसायीदेखि व्यापारीसम्म छन् । तालिवानको शासनमा आफूहरुले पढ्न नपाउने भएकोले कतिपय किशोरीहरु रातारात भागेर पाकिस्तान पुगेका छन् । तालिवानले यसअघि नै महिलालाई घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएका छन् । तर, उत्तर अफगानिस्तानका मानिसहरु भने आफूहरुमाथि जुनसुकै बेला कारबाही हुने डरले देश छोडेको बताएका छन् ।

देश छोडेका अफगानीमध्ये केहीका छिमेकी, साथी र परिबारका सदस्य पाकिस्तानमा रहेको र कोहीको पाकिस्तानमै घर छ । त्यस्तै, देश छोड्नेमा अफगान सरकारका सुरक्षाकर्मी उल्लेख्य छन् । तालिवानले कुनै पनि बदला लिन सक्ने डरले उनीहरु सुरक्षाका लागि पाकिस्तान जान लागेका हुन् ।

अल्पसंख्यक हजरा समुदायका व्यक्ति पनि पाकिस्तानमा जान चाहेको बताएका छन् । ‘तालिवान हामीप्रति कठोर छन् । उनीहरुको शासनकालमा अफगानिस्तानमा हामीले सोचे जस्तो आनन्द पाउदैनौ । त्यही भएर घर छोडेर हिडेका हांै,’ हजरा समुदायकी एक महिला भन्छिन, ‘घर छोड्दा हामी निकै त्रसित थियौ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend