Logo २०८२ फाल्गुन १९ मंगलबार
सुन्दरी नेहाले कालो बिकिनीमा फोटो सुट गरेपछि भयो भाइरल

सुन्दरी नेहाले कालो बिकिनीमा फोटो सुट गरेपछि भयो भाइरल


Epress Khabar प्रकाशित मिति : शुक्रबार, भाद्र ११ २०७८
883
SHARES

मुम्बई : बलिउड अभिनेत्री नेहा शर्मा एक भिडियोका कारण चर्चामा छिन्। कालो बिकिनीमा गरिएको फोटोसुटको भिडियो सामाजिक सञ्जाल इन्टाग्राममा सेयर गरेपछि नेहाको चर्चा चुलिएको हो। भिडियोमा नेहालाई ग्ल्यामरस लुक्समा देख्न सकिन्छ। विभिन्न पोजमा खिचिएको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। उनको भिडियोलाई लाइक मात्र होइन, कमेन्टको पनि वर्षा भएको छ। धेरैले उनको तारिफ गरेका छन्।

भिडियो भाइरल भएपछि नेहा शर्माका विषयमा जानकारी लिन गुगल सर्च गर्नेहरूको संख्या पनि निकै बढेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। नेहा र उनकी बहिनी आयशा शर्माले एकै पटक फोटोसुट गराएका हुन्। आयशा पनि बलिउड अभिनेत्री नै हुन्। अन्नपुर्ण पोष्टमा खबर छ ।

नेहाले मोहित सुरीको चलचित्र ‘क्रुक’मार्फत बलिउडमा डेब्यु गरेकी हुन्। सन् २०१० मा रिलिज भएको चलचित्रमा उनी इमरान हासमीसँग स्क्रिन सेयर गरेकी थिइन्। त्यसपछि उनले ‘तेरी मेरी कहानी’, ‘क्या सुपर कुल है हम’, ‘जयन्त भाइकी लब स्टोरी’, ‘यमला पगला दिवाना–२’, ‘एङ्गिस्तान’, ‘तुम बिन–२’, ‘तानाजी’लगायतका चलचित्रमा काम गरिसकेकी छन्। उनले पछिल्लो समय वेवसिरिज ‘इल्लिगल’मा काम गरेकी थिइन्। बलिउडसँगै उनले तेलगु र पञ्जावी चलचित्रमा काम गरिसकेकी छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend