Logo २०८२ फाल्गुन १९ मंगलबार
कविता:रक्सीको स्वाद

कविता:रक्सीको स्वाद


Epress Khabar प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८
820
SHARES

जब पाएं रक्सीको मिठो स्वाद
पिउन मन लाग्यो फेरी फेरी
भोज भतेरमा सजिलै पाइने
कसैको आनाकानी सुन्नै नपर्ने।

बौलाहा बनाउने स्वाद चखायो
लुकाएं मैले त्यो मातको बोतल
सिरानी मुनी,कहिले खाट मुनि
सुईंको नदिइ खाल्टा खु्ल्टी खनी।

जीवन अधुरो भो रक्सी बिना
मेरो मात देखेर लठ्ठिए अप्सरा
नशाले पछ्याउँछन् पासो थापेर
कोहि घृणा गर्छन् मलाई देखेर।

संसारको अनुपन आनन्द मिल्छ
तृप्त प्यासले झमेला भुल्छ
प्याला भरि सत्यता मात्र देख्ने
एक चुस्कीले धित मर्दै नमर्ने।

एक पटक पिएछी पिउँ पिउँ लाग्ने
यसको बातै यस्तै मातै यस्तै
रक्सी पिएर सत्य बोल्दै हिडें
आफ्नै भरोसामा मग्न भएं।

पत्तै भएन कता रात बिताएछु
घरले तलासेकी!भेउ पाएनछु
जड्याँहाको नामले चर्चा चलेछ
मेरो खोजीमा बथानै उठेछ।

पिडा भो आज रक्सी नमिल्दा
छट्पटि भो मात नलाग्दा
रक्सी जिउनुको सहारा भएछ
वाह ! बायोग्राफीको ताँती लागेछ।

-अलका मल्ल,काठमाडौ

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend