Logo २०८२ फाल्गुन २१ बिहिबार
कांग्रेस विवाद : देउवा र पौडेलबिच महाधिवेशनबारे जुट्यो सहमति !

कांग्रेस विवाद : देउवा र पौडेलबिच महाधिवेशनबारे जुट्यो सहमति !


Epress Khabar प्रकाशित मिति : शनिबार, भाद्र १२ २०७८
932
SHARES

काठमाडौं, १२ भदौ । सत्तारुढ नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबिच महाधिवेशनबारे सहमति जुटेको छ । सहमतिअनुसार १८ भदौमा देशैभर कांग्रेसको वडा अधिवेशन हुने भएको छ ।

सभापति देउवा र वरिष्ठ नेता पौडेलबिच छलफल भएपछि क्रियाशील सदस्यका विवाद समाधान गर्दै नामावली सार्वजनिक गर्ने, जिल्ला सभापति र युवा नेताहरू राखेका माग सम्बोधन गर्दै रिले अनसन तोडाउने र महाधिवेशनको वातावरण तयार गर्ने समझदारी बनेको नेता प्रकाशमान सिंहले जानकारी दिए ।

सभापति देउवासँगको सहमतिपछि पौडेल पक्षले आज आफूनिकट नेता तथा जिल्ला सभापतिसँग पूर्वमहामन्त्री सिंहको निवास चाक्सिबारीमा छलफल गरेको थियो ।

देशभरका ६ हजार ७४३ वडामै एकैदिन अधिवेशन गर्ने समझदारी भएको नेता सिंहले बैठकपछि जानकारी दिए ।

उनकाअनुसार जिल्ला सभापतिहरुले राखेका माग पनि सुनुवाइ गर्ने समझदारी बनेको छ । जिल्ला सभापतिहरुले निर्वाचन निर्देशिका संशोधन र क्रियाशीलको नाम सार्वजनिक गर्न माग गरेका थिए । ४८ जिल्लाका क्रियाशीलको नाम सार्वजनिक भएको र अरु जिल्लाको एक/दुई दिनभित्र सार्वजनिक गरिसक्ने तयारी छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लामा पनि विधानअनुसार नै हुनेगरि जिल्ला सभापतिको उम्मेदवार बन्न पाइने छ । क्षेत्रीय प्रतिनिधि पनि महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य उठ्न पाउने विषयमासमेत सहमति जुटेको सिंहले बताए ।

साथै नेता सिंहले अब पार्टीभित्र नयाँ उत्साहका साथ अधिवेशन केन्द्रीत हुने वातावरण बनेका भन्दै सबैलाई महाधिवेशनमा लाग्न आग्रह गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend