Logo २०८२ फाल्गुन २१ बिहिबार
कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान

कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिवान


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८
554
SHARES

एजेन्सी- अफगानिस्तानमा तालिवानले दुई साताअघि नियन्त्रणमा लिएका बैंक अझै सुचारु हुन सकेका छैनन् । आक्कल झुक्कल खुलेका एक दुईवटा बैंकमा मानिसहरुको भीड थामिनसक्नु छ । लामो समय बैक बन्द हुँदा त्यहाँको बैंकिङ प्रणाली नै ‘कोल्याप्स’ हुने र आर्थिक तथा मानवीय दुर्घटनाको जोखिम बढेको छ ।

काबुलका केही बैंकबाहिर पैसा झिक्न लामबद्ध उभिएका मानिसहरुको हेर्न लायक भीड देखिन्छ । अनावश्यक भीड गरेको भन्दै तालिवानले मानिसलाई ढुंगा र रुखका भाटाले हिर्काएको दृश्य र भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

तालिवानले बैंकिङ सेवा खोल्न निर्देशन दिए पनि पैसा नभएका कारण अधिकांश बैंकहरु बन्द भएको अफगानिस्तानका केन्द्रीय बैंकहरुले जनाएका छन् ।अफगान अर्थतन्त्र मुख्यतः विदेशी मुद्रा र अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छ । तालिवानले कब्जा गरेपछि यस्तो सहयोग रोक्का भएको छ । ७५ प्रतिशत अफगानिस्तानको सार्वजनिक खर्च विदेशी अनुदानमा नै चल्ने गरेको विश्व वैंकको एक प्रतिवेदनमा उल्लेख छ ।  अफगानिस्तानमा आर्थिक तथा मानवीय संकट आउन सक्ने चिन्ता प्रतिवेदनमा जनाइएको छ । मध्य अमेरिकी मुलुक अफगानिस्तानमा ४७ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् ।

‘अफगानिस्तान र यहाँको बैंकिङ प्रणालीको अस्तित्व घट्दै गएको र बैंकिङ क्षेत्र ढल्नै थालेको छ,’ अफगान अमेरिकी चेम्बर अफ कर्मसले विश्व बैंकलाई पठाएको एउटा ध्यानकर्षण पत्रमा उल्लेख छ ।  व्यावसायिक बैंक, ग्राहक र लगानीकर्ता रहेको अफगान व्यावसायिक बैंक र वित्तीय समूहले सो पत्र लेखेका थिए ।
अफगान अर्थतन्त्रका एक ज्ञाताका अनुसार बैक खोल्नेवित्तिकै पैसा झिक्न चाहने मानिसको भीड देखिन्छ, तर बैंकमा कत्ति पनि पैसा हुन्न ।

तालिवानले काबुलको सत्तापलट गरेपछि बाइडेन प्रशासनले अफगानिस्तानको केन्द्रीय बैंकमा राखेका अरबौं डलर रकमको पहुँचमाथि तालिवानलाई प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय मौद्रिक कोषले अफगानिस्तानलाई निकासा गर्न लागेको साढे चार करोड डलर रकम रोक्का गरेको छ । सो रकम यसै साता अफगानिस्तानलाई प्रदान गर्ने कार्यक्रम थियो । त्यस्तै, विश्व बैकले पनि अफगानिस्तानलाई प्रदान गर्ने भनेको वित्तीय सहयोग रोक्का गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend