Logo २०८२ फाल्गुन २१ बिहिबार
म्यानचेष्टर युनाइटेड र टोटनह्यामबिचको आजको प्रतिस्पर्धामा कसले मार्ला बाजी ?

म्यानचेष्टर युनाइटेड र टोटनह्यामबिचको आजको प्रतिस्पर्धामा कसले मार्ला बाजी ?


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८
715
SHARES

काठमाडौं, १३ भदौ – इंग्लिस प्रिमियर लिग (इपीएल)मा आज तीन खेल हुँदैछन् । आइतबार तेस्रो राउन्डको दोस्रो दिन तीन खेल हुने भएको हो । चर्चित क्लबहरु टोटनह्याम, म्यानेचष्टर युनाइटेड र लिड्स युनाइटेड आ–आफ्नो प्रतिद्वन्द्वीविरुद्ध खेल्दैछन् ।

पहिलो खेलमा बर्नलीले लिड्स युनाइटेडको सामना गर्नेछ । लगातार दुई खेलमा पराजित भएको बर्नली पहिलो जितको खोजीमा हुनेछ । यता, भ्रमण टोली लिड्स पनि पहिलो जितको खोजीमा छ । दुई खेल खेलेको लिड्ससँग एक अंक मात्रै छ । खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा टोटनह्याम र वाटफोर्डबीच प्रतिस्पर्धा हुनेछ । नेपाली समयअनुसार पौने ७ बजे हुने खेलमा टोटनह्याम लगातार तेस्रो जितको दाउमा हुनेछ ।

यता, वाटफोर्ड दोस्रो जितको खोजीमा छ । भ्रमण टोली वाटफोर्डसँग तीन अंक छ । तेस्रो खेलमा उल्भ्स र म्यानचेष्टर युनाइटेड भिड्नेछन् । खेल नेपाली समयअनुसार राति सवा १० बजे हुनेछ । घरेलुु टोली उल्भ्स पहिलो अंक र जितको खोजीमा छ ।

दुई खेल खेलिसक्दा उसले अंक जोड्न सकेको छैन । यता, भ्रमणकारी टोली म्यानचेष्टर युनाइटेड दोस्रो जितको खोजीमा छ । दुई खेलमा चार अंक बटुलेको युनाइटेड १० औं स्थानमा छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend