Logo २०८२ फाल्गुन २१ बिहिबार
१५ वर्षपछि संसदीय दलको नेता बने माधव नेपाल

१५ वर्षपछि संसदीय दलको नेता बने माधव नेपाल


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८
1.8K
SHARES

काठमाडौं, १३ भदौ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन् । विघटित प्रतिनिधिसभा पुनःस्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए ।

उनी ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म करिब १८ महिना देशको प्रधानमन्त्री बने । ०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उनी काठमाडौं र रौतहट दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि झलनाथ खनाल संसदीय दलको नेता चयन भएका थिए । २०७४ निर्वाचनपछि केपी ओली संसदीय दलको नेता चयन भए ।

संविधानसभाको पहिलो निर्वाचनमा दुईवटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनीत मात्र भएनन्, प्रधानमन्त्री निर्वाचितसमेत हुन पुगे । संविधानसभाको चुनावमा आफ्नो हार तथा एमालेको कमजोर प्रदर्शनपछि पराजयको जिम्मेवारी काँधमा थापेर एमाले महासचिवको पद त्यागेका नेपाल, एक वर्ष पुग्दानपुग्दै सिंहदरबारको जिम्मेवारी बोक्न तम्तयार भए । तत्कालीन नेपाली कांग्रेसका सभापति र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाललाई संविधानसभामा मनोनीत गरेका थिए ।

२०५० मा तत्कालीन महासचिव मदन भण्डारीको निधनपपछि एमालेको महासचिवको रूपमा नेपाल १५ वर्षसम्म लगातार राजनीतिको केन्द्रविन्दुमा रहन सफल भए । यतिबेला भने माधव नेपाल एमालेको नभई नवगठित एकीकृत समाजवादी संसदीय दलको नेता चयन भएका छन् । समाजवादीमा ३० जना सांसद छन् । प्रतिनिधिसभाका २३ र राष्ट्रिय सभाका सात सांसद छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend