Logo २०८२ फाल्गुन १९ मंगलबार
‘प्रेमगंज’को एउटै गीतमा ३० लाख खर्च

‘प्रेमगंज’को एउटै गीतमा ३० लाख खर्च


Epress Khabar प्रकाशित मिति : आइतबार, भाद्र १३ २०७८
659
SHARES

काठमाडौं, १३ भदौ- निर्माणाधीन नेपाली चलचित्र ‘प्रेमगंज’को एउटै गीतमा ३० लाख रुपैयाँ लगानी भएको छ । २५ वर्षदेखि स्पोटब्वाइमा काम गर्दै आइरहेका राजु फुयालको प्रस्तुतिमा उक्त चलचित्र निर्माण भइरहेको हो ।

यो खर्च सुटिङको खर्च मात्र भएको फुयालले बताए । अडियो र पोस्टको लगानी जोड्दा झन्डै ४० लाख रुपैयाँ पर्ने उनको आँकलन छ ।फरेनहाइट क्लबमा तीन दिन छायांकन भएको यस गीतमा नायिका बेनिसा हमाल, सन्जोग रसाइलीसँगै अन्य एक हजार जना झुमेका छन् । गीतको कोरियोग्राफी वाइल्डरिपर्जले गरेको हो ।

दीक्षा थापाको स्वरमा रहेको यस क्लब गीतलाई ‘ऊ जितेर गई या हारेर गई’का लेखक पुरुषोत्तम ढुंगेलले लेखेका हुन् भने किरण भुसालले संगीत भरेका छन् ।

पहिलो लकडाउनपछि सुरु भएको चलचित्रको छायांकन दोस्रो लकडाउनसँगै रोकिएको थियो । अहिले कडाउन केही खुकुलो भएसँगै चलचित्रको छायांकन धमाधम भइरहेको छ ।परिच्छेद सेनको लेखन तथा निर्देशनमा निर्माण भइरहेको चलचित्रलाई संजय लामाले छायांकन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend