Logo २०८२ फाल्गुन १९ मंगलबार
छोरी श्रद्धा र नेपाली मुलका प्रेमी रोहन श्रेष्ठबिचको प्रेम सम्बन्धबारे यसो भने अभिनेता शक्ति कपुरले

छोरी श्रद्धा र नेपाली मुलका प्रेमी रोहन श्रेष्ठबिचको प्रेम सम्बन्धबारे यसो भने अभिनेता शक्ति कपुरले


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र १४ २०७८
603
SHARES

काठमाडाैं, १४ भदाै -मिडियामा बलिउड एक्ट्रेस श्रद्धा कपूरको विवाहको खबरले चर्चा पाइरहेको छ । नेपाली मुलका फोटोग्राफर रोहण श्रेष्ठसँग उनको विवाह हुने खबरले नेपाली मिडियामा राम्रो स्थान पाइरहेकाे छ । यद्यपि यसबारे आधिकारिक पुष्टि भएकाे छैन ।टाइम्स अफ इन्डियाको एक अन्तर्वार्तामा अभिनेता शक्ति कपूरले आफूलाई यसबारे जानकारी नरहेको बताएका छन् ।

‘रोहणको पितासँग मेरो पुरानो चिनजान छ । उनीहरु हाम्रो घरमा आइरहेका हुन्छन्, ‘ शक्तिले भनेका छन् ,’तर श्रद्धासँगको विवाहबारे केही कुरा भएको छैन ।’
श्रद्धाले विवाहको बारेमा बताए आफूलाई कुनै आपत्ति नहुने समेत उनले प्रस्ट्याए । ‘मसँग श्रद्धा मात्र होइन छोरा सिद्धान्तले पनि कुरा गर्न सक्छन्, ‘ उनले भने । उनले यो समय आफ्नो करियरमा ध्यान केन्द्रित गर्न सुझाव दिने गरेको बताए ।

केही वर्ष यता श्रद्धाको नाम फोटोग्राफर रोहणसँग जोडिएको छ । यी दुईलाई फिल्म हलसँगै विभिन्न इभेन्टमा पनि स्पोट गरिएको छ । तर , यिनले सम्बन्धको बारेमा केही बोलेका छैनन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend