Logo २०८२ फाल्गुन २१ बिहिबार
कोरोना खोपमा मनपरी : आफ्ना मान्छे बोलाउँदै, खोप लाउँदै

कोरोना खोपमा मनपरी : आफ्ना मान्छे बोलाउँदै, खोप लाउँदै


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र १४ २०७८
540
SHARES

अर्घाखाँची, १४ भदौ – शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाबाटै कोरोनाभाइरस (कोभिड)विरुद्धको खोपको दुरुपयोग बढेको छ । शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नमनारायण बेल्बासेले आफु खुशी खोप लगाउन निर्देशन दिने गरेका छन् । शितगंगा नगरपालिकामा पहिलो डोज लगाएर लामो समयसम्म दोस्रो नपाएकाहरुलाईसमेत खोपको व्यवस्थापनमा ढिलाइ गरिएको थियो ।

शितगंगा नगरपालिका ४ का नारायणसिंह बेल्बासेले पहिलो खोप पहिलो चरणमै लगाएका थिए । तर, उनीसँग लगाएका अन्यले दोस्रो डोज लगाइसक्दा नारायणसिंहले भने दोस्रो डोज पाएका छ्रैनन् । खोप आएको बेला अस्पतालमा पुग्दा लक्षित समूहभन्दा बाहिरका धेरैलाई बोलाउँदै खोप लगाइदिए पनि आफूलाई नलगाइदिएको उनको गुनासो छ ।

पटक–पटक गर्दा पनि दोस्रो डोज खोप नपाएपछि नारायणसिंहले तौलिहवा पुगेर लगाएको बताए । यस्तै शितगंगा नगरपालिका २ का विकास घिमिरेले मासु पलाएको अप्रेशन गर्न खोप अनिवार्य भएपछि पटक–पटक धाउँदा पनि खोप पाएनन् । तर, स्वास्थ्य शाखाका कर्मचारीले नगर बाहिरबाटसमेत आफ्ना मान्छे बोलाएर खोप लगाउने गरेको आरोप छ ।

शितगंगा नगरपालिकाका जनस्वास्थ्य अधिकृत नमनारायण बेल्बासेले रुपन्देही नयाँ गाउँनिवासी केही व्यक्तिलाई स्वास्थ कार्यालयमै बोलाएर खोप लगाइदिएका हुन् । खोप लगाउनका रुपन्देहीबाट गाडी रिर्जभ गरेर आएका थिए ।

चिकित्सकको सिफरिसमा आफूहरु खोप लगाउन आएको रुपन्देहीबाट आएका एकजनाले बताए । उनीहरुमध्ये एकजना केही दिनमै विदेश जानको लागि खोप लगाउन आएको बताए । तर, उनीहरुको साथमा न भिसा थियो न त कुनै कागजात नै । तर, उनीहरुलाई खोप लगाउँदा दर्तासमेत नगर्न स्वास्थ्य शाखाका प्रमुख बेल्बासेले निर्देशन दिएका अस्पतालका स्वास्थकर्मीले बताए ।

खोप लगाएर फर्किएकाको विवरण माग्दा अस्पतालले उनीहरुको कुनै विवरण नराखेको पाइएको हो । खोप लगाउने व्यक्तिको नामसहितको विवरण राख्नुपर्ने हुन्छ । तर, त्यस्तो देखिएन । पालिकाभित्रकालाई खोप नदिएर बाहिरकालाई बोलाएर लगाइदिएका कारण विवरण नराखिएको हो ।

तर, केही दिनअघि शितगंगा ४ जोगिनिकोटका बसन्त सुनारले राहदानी बोकेर दिनभर बस्दा पनि त्यहाँबाट खोप पाएनन् । आफ्नै नगरवासीलाई खोप नदिएका पालिकाले बाहिरका व्यक्तिलाई बोलाएर खोप लगाइदिएको हो । शितगंगा नगरपालिकामा अहिलेसम्म सात हजार चार सय ५६ जनाले पहिलो डोज लगाएका छन् भने दुवै खोप लगाउनेको सख्या पाँच हजार दुई सय ७३ रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend