Logo २०८२ फाल्गुन २१ बिहिबार
पछिल्लो २४ घण्टामा २२९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २२९५ जना संक्रमित थपिए, १६ जनाको मृत्यु


Epress Khabar प्रकाशित मिति : सोमबार, भाद्र १४ २०७८
715
SHARES

काठमाडौं, १४ भदौ-कोरोना भाइरसको संक्रमण आज एकै दिन दुई हजार २९५ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १६ हजार २३३ जनामा परीक्षण गर्दा दुई हजार २९५ जनामा संक्रमण देखिएको हो ।

हिजोको तुलनामा आज संक्रमित बढेका हुन् । हिजो (आइतवार) एक हजार ३८८ जना संक्रमित देखिएका थिए । सक्रिय संक्रमित ३५ हजार ८७४ जना रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज एक हजार ८०८ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख १४ हजार ५२० जना निको भइ घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९३.९ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १६ जनाको ज्यान गएको छ ।अहिलेसम्म १० हजार ७३० जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६१.६ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ५६८ जना सघन उपचार कक्ष (आइसियु), १६० जना भेन्टिलेटर, ३३ हजार ३३३ जना होम आइसोलेसन, दुई हजार ५४१ जना संस्थागत आइसोलेसन र ३३८ जना क्वारेन्टिनमा रहेका छन् ।नेपालमा सक्रमणको दर १९.५ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

हाम्रो टिम

राइजिङ्ग क्रियटिभ मिडिया प्रा.ली
अध्यक्ष तथा प्रबन्ध निर्देशक: बिबेक कार्की
सम्पादक : बिबेक दर्शन श्रेष्ठ
संवाददाताहरु :
कबिता कार्की
सन्तोष कुमार श्रेष्ठ
क्यामरा : खिल कुमार श्रेष्ठ

सम्पर्क

सूचना विभाग दर्ता नं.::

कार्यालय
मध्यपुर थिमी – ६ भक्तपुर

सामाजिक सञ्जाल

© 2017 copyright and all right reserved to ePress Khabar  |  Site by : SobizTrend